Saturday, September 24, 2011

अलैंची उत्पादक सहकारी संस्था दर्ता

इलाम, आश्विन ७
जिल्लामा दुईवटा अलैंची उत्पादक सहकारी संस्था दर्ता भएका छन् । सहकारी ऐन २०४८ लागू भएपछि पहिलो पटक डिभिजन सहकारी कार्यालयबाट दर्ता भएका हुन् । यसअघिसम्म नेपालमा अलैंचीसम्बन्धी सहकारी संस्था खुलेका थिएनन् ।
एकैदिन दुईवटा अलैंची उत्पादक सहकारी संस्था दर्ता भएको डिभिजन सहकारी अधिकृत माधवप्रसाद पोख्रेलले बताए । अधिकृत पोख्रेलका अनुसार फुएतप्पा ५ को हिमाली अलैंची उत्पादक सहकारी संस्था र माईमझुवा ७ को माईमझुवा अलैंची उत्पादक सहकारी संस्था दर्ता भएका हुन् ।
पहिले साझा सहकारी अन्तर्गतका सरकार नियन्त्रित समूह सञ्चालन भएका बेला अलैंचीसम्बन्धी कृषि समूह रहे पनि अहिले तिनीहरूको नाम र काम दुवै अस्तित्वमा छैनन् । डिभिजन सहकारी कार्यालयले सहकारी विभागलाई अलैंची उत्पादक सहकारी दर्ताको स्वीकृतिका लागि अनुरोध गरेपछि विभागले स्वीकृति दिएर दर्ता गर्न सुरु गरेको हो । साभार आश्विन ५ कान्तिपूर अनलाईन

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।