राजेश चौधरी / नयाँ युगबोध दैनिक
घोराही, ७ असोज । घोराही बचत तथा ऋण सहकारी संस्था लि।को नवौं साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।
घोराही, ७ असोज । घोराही बचत तथा ऋण सहकारी संस्था लि।को नवौं साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दर्ुगाप्रसाद पाण्डेयको अध्यक्षता एवं दाङ सहकारी संघका अध्यक्ष डिल्ली खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा सहकारी संस्थाहरुको संख्या बढ्दै गए पनि सहकारी मूल्य र मान्यतालाई आत्मसात गर्ने सहकारीको संख्या निकै कम भएको बताए । वक्ताहरुले सबै सहकारीहरु सहकारी सिद्धान्तअनुरुप अगाडि बढ्न सके मात्र टोल(टोलमा सहकारी, घर घरमा रोजगारी भन्ने नाराले र्सार्थकता पाउनेमा जोड दिए ।
कार्यक्रममा संस्थाका सचिव धनेश्वर पौडेल र कोषाध्यक्ष रोशनमान श्रेष्ठले वाषिर्क प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साझेदारी बचतका कृष्णप्रसाद शर्मा, राप्ती बचतका अध्यक्ष भरत बुढाथोकी, दाङ सहकारी संघका अञ्जनकुमार पौडेललगायतले बोल्नुभएको थियो ।
0 comments:
Post a Comment