पोखरा,३ असोज
पोखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पोखरा १० बुद्धचोकको शनिबार सम्पन्न पाँचौ वाषिर्क साधारणसभामा विभिन्न नौजनालाई पुरस्कृत गरिएको छ।
कार्यक्रममा शेयर सदस्यहरु छोराछोरीबाट उत्कृष्ट अड्ढ ल्याउने विद्यार्थी, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट कार्य समिति सदस्य, उत्कृष्ट दूध उत्पादक कृषक र कर्मचारीलाई नगद सहित प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो।
त्यसअवसरमा विद्यार्थीहरु शीतल ढकाल, विशाल कोइराला, उत्कृष्ट वचतकर्ता नवीन सिग्देल, रामबाबु दास, उत्कृष्ट ऋणी आशा थापा, मोहन श्रेष्ठ, उत्कृष्ट दूध उत्पादक कृषक दुर्गादत्त बाँस्तोला, कार्य समिति सदस्य भक्तमाया फवाङ्गी र उत्कृष्ट कर्मचारी जमुना ढकाललाई पुरस्कृत गरिएको हो।
राष्ट्रिय सहकारी बैङ्कका सहसंयोजक मेजर तुलसीप्रसाद गुरुङ र संस्थाका अध्यक्ष शोभाकान्त ढकालले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा बोल्दै सहसंयोजक गुरुङले सहकार्यको भावनाबिना सहकारीको विकास हुन नसक्ने बताए। उनले शेयर सदस्यहरु नै संस्थाको सम्पत्ति भएको बताए। संस्थाका अध्यक्ष ढकालले यस आर्थिक वर्षबाट संस्थाले उत्पादनशील कार्य सुरु गर्ने जानकारी दिए। कार्यक्रममा शेयर सदस्य गोविन्द गिरी र शभेच्छुक बालकृष्ण सुवेदीले बोलेका थिए।
संस्थाका अध्यक्ष शोभाकान्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्रबहादुर थापाले स्वागत मन्तव्य र सचिव नारायणबहादुर बानियाँले कार्यक्रम सञ्चालन गरेका थिए। संस्थामा एक सय ४१ जना शेयर सदस्य छन्। साभार अदर्शडटकमबाट
0 comments:
Post a Comment