Monday, September 19, 2011

जैविक रसादी बनाउने तालिम सम्पन्न


धुषा असोज २ 
सानाकिसान कृषि सहकारी संघ धुषाको आयोजनामा आज धुषा स्वादुलमा बोकासी मल र जैविक रसादी बनाउने तालिम सम्पन्न भएको छ । युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टरको आर्थिक र साना किसान कृषि सहकारी संघको प्राविधिक सहयोगमा अर्घानिक खेतीतर्फ कृषकलाई आकर्षित गर्ने उद्देश्यले तालिम दिइएको थियो । 

धुषा गाउँ विकास समितिको वडा नं. ७ का महिला, दलित जनजाती गरी २१ जनको सहभागिता रहेको तालिममा साना किसान कृषि सहरकारी संघ धादिङका कृषि प्राविधिक कमला हुमागाईले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा  अर्घानिक खेतीका लागि उपयोगी  जैविक रसादी र बोकासी मल बनाउन सिकाइएको धुषा स्यादुलबाट मुननारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।