Friday, September 16, 2011

सल्यानकोटमा सहकारीको दोश्रो साधारण सभा सम्पन्न


सीताराम सापकोटाल
सल्यानको भाद्र ३०
त्रिपुरा सुन्दरी कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेड सल्यानकोट धादिङको दोस्रो साधारण सभा आज सल्यानकोट–५, काफलडाँडामा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष पुण्यप्रसाद सिंखडाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सल्यानकोट पशुसेवा केन्द्रका प्रमुख धन सुन्दर शाहको प्रमुख आतिथ्य र देविस्थान सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष अर्जुन बहादुर नगरकोटीको विशेष आथित्य रहेको थियो । सो अवसरमा संस्थाका सचिव नारायण प्रसाद तिमल्सीनाले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

१ सय ७८ जना शेयर सदस्य रहेको सहकारी संस्थाको शेयार पूँजी ४ लाख ६० हजार र कुल पूँजी २१ लाख ८ हजार ६ सय ५० रहेको छ । संस्थाले हाल एक वटा शुपथ मुल्य पसल सञ्चालन गरि रहेको छ । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।