Thursday, September 8, 2011

चौतारी सहकारीको प्रारम्भिक साधारणसभा सम्पन्न

धादिङबेसी भाद्र २२
 चौतारी संचार सहकारी संस्थाको प्रारम्भिक साधारणसभा हिजो धादिङबेसीमा सम्पन्न भएको छ । प्रेस चौतारी धादिङ निकट रहेका   पत्रकारहरुले संचालनमा ल्याएका चौतारी सहकारीको हिजो सम्पन्न साधारण सभाले रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ । सहकारी सस्थाको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा तिलक सिंखडा र कोषाध्यक्षमा पार्वती श्रेष्ठ रहनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।