Thursday, September 1, 2011

मेची सहकारीद्वारा २ पत्रकार सम्मानित

भदौ १५
सहकारी विकासमा उल्लेख्य योगदान पुर्याएका कारण झापाका दुइजना पत्रकार सम्मानित भएका छन् । मेची सहकारी संस्था दमकको पन्ध्रौं बाषिर्कोत्सब तथा सत्रौं साधरणसभाको अवसरमा कान्तिपुर दैनिकका दमक सम्वाददाता चेतन अधिकारी र गोरखापत्र दैनिकका गौरीगञ्ज सम्बाददाता बिष्णुप्रसाद पोखरेल सम्मानित भएका हुन् ।

अधिकारी र पोख्रेलले सहकारीको क्षेत्रमा निरन्तर कलम चलाएको र सहकारीका विषयमा समचारहरुलाई प्राथमिकताका साथ महत्व दिएर लेखेका कारण सम्मान गरिएको जनाइएको छ ।
सम्मानीत व्यक्तिहरुलाई राष्ट्रिय सहकारी संघका केन्द्रीय उपाध्यक्ष बिजयराज घिमिरेले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
साभार गरिएको खवर

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।