गोरखा भाद्र ३०
नेपाल राष्ट्रिय शिक्षक संगठनको मातहतमा सञ्चालन भएको शिक्षक हित तथा बचत ऋण सहकारी संस्था गोरखाको प्राम्भिक भेला सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराम कट्टेलको अध्यक्षतामा सम्पन्न भेलामा सहकारीका भावि कार्यक्रम तथा योजनाको बारेमा छलफल भएको थियो । भेलामा संस्थाका कोषाध्यक्ष मेघनाथ लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, नेपाल राष्ट्रिय शिक्षक संगठनका राजन कट्टेलले शैक्षिक गतिविधि बारे प्रकाश गर्नुभएको थियो । कार्यक्रममा नव ज्योति माध्यमिक विद्यालय डण्डीडांडाका प्रधानाध्यापक पुरुषोत्तम अर्याल तथा शिक्षक युनियनका सचिव वावुराम ढकाल लगायतले सहकारीको सफलताको कामना सहित मन्तव्य राख्नुभएको थियो ।
0 comments:
Post a Comment