नारायण सिलवाल
धादिङबेसी साउन २७
श्री चण्डेश्वरी कृषि सहकारी संस्था जीवनपुर धादिङले व्यावसायीक रुपमा बाख्रा पालनका लागि करीव २०० वटा बाख्रा पानल गर्न सकिने फर्म (खोर) निमार्ण कार्य सम्पन्न गरेको छ । ५० पुरुष र १० महिला गरि ६० जना सदस्य रहेको यस सहकारीले करीव ८ लाख खर्च गरेर बाख्रा पालन गर्न फर्म (खोर) निर्माण गरेको हो ।
यसका लागि सहकारीले ६० रोपनी जग्गा १० वर्षका लागि भाडामा लिइ बाख्रालाई अत्यआवश्यक पर्ने नेपियर, बाँस, टाँकी, इपिलिपिल, अमृसो, मुनलाडो, पासपोलोम, सुब्बा सेटी, ग्वाटेमाला, लगायत विभिन्न जातको घाँस रोपी सकिएको सहकारीका अध्यक्ष ऋषिकुकार ढकालले सहकारी सरोकारलाई बताउनु भयो । सहकारीले भरत प्रसाद सापकोटाको अध्यक्षतामा बख्रापालन उप समिति समेत गठन गरेको छ । यस समितिले करीब ५०÷६० हजार खर्च गरेर चित्लाङ भेडी फारम, मौलि बाख्रा फरम, बन्दीपुर, बालिङ लगायतका ठाउँमा पुगि बाख्रा पालनका विषयमा बुझेर मात्र हामीले व्यवसाय सुरु गर्न लागिएको र बजारको पनि समस्य नपर्ने हुनाले सहकारीले राम्रो आम्दानी गर्ने सापकोटा बताउनु हुन्छ । धादिङबेसी साउन २७
श्री चण्डेश्वरी कृषि सहकारी संस्था जीवनपुर धादिङले व्यावसायीक रुपमा बाख्रा पालनका लागि करीव २०० वटा बाख्रा पानल गर्न सकिने फर्म (खोर) निमार्ण कार्य सम्पन्न गरेको छ । ५० पुरुष र १० महिला गरि ६० जना सदस्य रहेको यस सहकारीले करीव ८ लाख खर्च गरेर बाख्रा पालन गर्न फर्म (खोर) निर्माण गरेको हो ।
0 comments:
Post a Comment