Monday, August 8, 2011

केन्द्रिय संचार सहकारी संघका सदस्य उत्तम कडेल सँग गरिएको सहकारी संवाद

  सहिद स्मिृति संचार सहकारी संस्था धादिङको अध्यक्ष हुनु हुन्छ ?  यस सहकारीको उद्धेश्यका बारेमा बताइ दिनुहोस् न ?
सहिद स्मिृति संचार सहकारीको उद्धेश्य भन्नु पर्दा विशेष गरी संचार क्षेत्रमा काम गर्ने यसको प्रमुख उद्धेश्य हो । संचार क्षेत्रमा  अहिले नीजि क्षेत्रले मात्र काम गरि रहेको छन् । सहकारीले संचार क्षेत्रमा हात हालेको भर्खर–भर्खरै हो । हामीले सहकारी क्षेत्रबाट सम्पूर्ण मिडियाहरुलाई संचार क्षेत्रलाई एकिकृत गरेर  विशेष गरि जनताको पहुच सम्म कसरी पुर्याउने भन्ने उद्धेश्यका साथ हामी जान खोजि रहेका छौ । विशेष गरी सहिद स्मृति संचार सहकारीको उद्धेश्य चाहि  मिडिया हाउसको रुपमा यसलाई अगाडी बढ्ने हो, अहिले रेडियो संचालन पत्रिका प्रकाशन, किताबहरु प्रकाशन पनि गरि रहेको छ, त्यति मात्र होइन अन्य संचार क्षेत्रलाई समेट्ने कामको तयारी पनि सहकारीले गरिरहेको छ ।
कत्तिको सजिलो छ सहकारीले रेडियो संचालन गर्न ?
सहकारीले रेडियो संचालन गर्न सजिलो छैन, धेरै गाहृो छ, साना पुँजी हामीले जम्मा गरेका छौ र त्यो पुँजी ठुलो रेडियो संचालन गर्न प्रयाप्त हुदैन । रेडियो संचालन गर्नका लागि लगानी गर्न  धेरै पैसा खर्चनु पर्ने हँुदो रहे छ । संचालन गर्न पनि धेरै सिपहरु जम्मा गर्नु पर्ने, धेरै मेनपावरहरु आवश्यकता पर्ने हुनाले पनि गाहृो छ । तै पनि हामी कोसिस गरि रहेका छौ असम्भब भन्ने कुरा केहि पनि हुँदैन । हामीले असम्भव कुरालाई पनि ठुलो चुनौतिका बावजुत पनि सम्भव बनाउदै गहि रहेका छौ

सहकारी आन्दोलनको इतिहासलाई हेर्दा संचार सहकारी स्थापना हुन थालेको त धेरै भएको छैन, यति छोटो समय मै धादिङमा मात्र ४ वटा संचार सहकारी संचालनमा छन् । यो संचारको विकास हो कि अस्वस्त प्रतिस्पर्दा ?
अब यसलाई दुबै रुपमा लिन सकिनछ ।  यो अलिअलि अस्वस्थ ढंगबाट गएको पनि लाग्छ, यसरी संचार सहकारी संस्थाहरु खोलिनु हुँदैनथ्यो । किन भने सहकारी जहाँ सबै प्रकारका विचार सबै पक्ष अट्ने केन्द्र बनाएर अगाडी बढ्न सकेको भए राम्रो हुन्थ्यो  । तर त्यो हुन सकेन, तर अर्को हिसावले सोच्दा संचार सहकारी जति धेरै भयो त्यति धेरै समुदायले फाइदा लिन पाउने छन् । विशेष गरि रेडियोहरु स्थापना गर्नु मात्र ठुलो कुरा होइन । जनताको आवाजको रुपमा परिणत गरि संचालन गर्नु सबभन्दा ठुलो र मत्वपूर्ण कुरा हो । दिगो र निरन्तर चलाई राख्ने कुरा पनि चानचुने छैन ।

उस्तै प्रकृतिका सहकारीहरु मिलानको कुरा पनि उठि रहेको छ ? यस बारेमा पनि बताइ दिनुहोस् न ?
उस्तै–उस्तै प्रकृतिका सहकारीहरु मिल्ने अर्थात मर्च हुने क्रम विस्तारै हुन सक्छ भन्ने कुरा मलाई पनि लगि रहेको छ । तर पनि अहिले सम्म चाहि भैहालेको छैन । उस्तै प्रकृतिका सहकारी मिलेर त्यसलाई एकिकृत र संगठित संस्थाको रुपमा विकास गर्न सकियो भने संस्था पनि धेरै सबल हुन सक्छ । आर्थिक रुपमा  सवल हुन सक्छ , गुणस्तरिय उत्पादन पनि हुन सक्छन् । जनताहरुले पनि प्रभावकारी सुचना पाउन सक्छन् । यो आवश्यक पनि छ । देश भर रहेका संचार सहकारी मात्र होइन सबै सहकारीहरु एउटै कार्य क्षेत्रमा उस्तै उद्धेश्य बनाएर संचालन हुनु राम्रो होइन मिलान गर्न सकिए असाध्य राम्रो हुन्थ्यो ।

यस सहकारीको कार्यक्षेत्र भित्र कुन–कुन गाउँ विकास समितिहरु पर्दछन् ?
यो सहकारी विशेष गरि धादिङ जिल्ला कार्य क्षेत्र हुने गरि संचालन गरिएको हो । धादिङका ५० वटै गाविसहरुबाट यसमा सदस्यहरु हुनुहुन्छ । हामीले धादिङभन्दा बाहिर नुवाकोट, गोरखा, चितवन, काठमाडौ लगायतका जिल्लालाई रेडियोको प्रभाव क्षेत्र भएकाले नै पनि आफ्नो कार्यक्षेत्र बनाउने कि भन्ने सोचिरहेका छौ । धादिङबाट अन्यत्र गएर विभिन्न पेसा व्यवसाय गर्नेहर पनि हाम्रो यस सहकारीमा सदस्य बन्न सक्नु हुन्छ बनिरहनु भएको पनि छ ।
यस सहिद स्मृति संचार सहकारीको सेयर सदस्य बन्न के गर्नु पर्छ ?
सेयर लिनका निम्ति त्यस्तो गाहृो केहि छैन सरल ढंगले सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद गर्न चाहनेले कार्यालयमा सम्पर्क गर्नुु भयो भने ५ सय रुपयाँ प्रवेस शुल्क र प्रति सेयर १०० दरले १० सेयर भन्दा माथि खरिद गरे अथवा ११ सय रुपियाँ , नेपाली नागरिकताको प्रमाण पत्र र फोटो लिएर कार्यालयमा सम्पर्क गर्नु भयो भने सेयर सदस्य बन्न सक्नु हुन्छ । यस भन्दा अघि रेडियोका लागि  पुर्वाधार खडा गर्नु पर्ने रेडियो उपकरण खरिद गर्नू पर्ने भएकाले सदस्य बन्न ५० सेयर अनिवार्य खरिद गर्नु पर्ने थियो । अहिले त्यसो छैन् सबैको पहुँचका लागि आर्थिक कारणले सदस्यबन्नबाट नछुटाउने उद्धेश्का साथ गत साधरण सभाले यस्तो निर्णय गरेको हो ।

तपाई संचार सहकारी संघको केन्द्रिय सदस्य पनि हुनुहन्छ ? यसको काम चाहि के हो ?
भर्खरै केन्द्रिय संचार सहकारी संघ स्थापना भएको छ , त्यसको म केन्द्रिय सदस्य पनि हुँ, बास्तवमा यो संघ संचार क्षेत्रका समस्याहरुलाई सुधार गर्नु पर्ने नया नियमहरु बनाउनु पर्ने, हरेक संचार सहकारीलाई सहकारी मुल्य र मान्यता अनुरुप अगाडी बढ्न सहयोग गर्ने उद्धेश्यका साथ संघ दर्ता गरिएको हो । देशभर ७० वटा संचार सहकारी भएको हामीले थाहा पाएका छौ । बास्तवमा संघले राज्य सँग, सरकार सँग पाउने सुविधा, अगाडी बढ्न राज्यले के–के सहयोग गर्न सक्छ भन्ने छलफलाई झनै प्रभावकारी बनाउन यो संघको महत्व पूर्ण भुमिकाहुने हामीले ठानेका छौ ।

धादिङका संचार सहकारीहरुमा किन राजनितिक दलका नेताहरुले नेतृत्व गरि रहेका छन्  तपाइलाई पनि अफ्ठयारो लाग्छ होला हैन त्यो त फलानो पार्टीको रेडियो भन्दा   ?
यो अलिकति वास्तवमा  संचार सहकारीहरु फलानो पार्टीको यो, फलानो पार्टीको यो भन्दा, स्वभाविकै रुपमा राम्रो कुरा भइराखेको छैन । बस्तवमा सहकारी पार्टीको होइन र हुन पनि सक्दैन । रेडियो समुदायको हो, हामीले जिल्लाबासीको रेडियो बनाउन सक्नु पर्छ , हामी पार्टीको दायराबाट पनि माथि उठ्नु पर्छ । राष्ट्रलाई हेरेर , श्रोतालाई हेरेर, हाम्रा रेडियोहरु बोल्न सक्नु पर्छ । निमुखाहरुको आवाज दिन सक्नु पर्छ अहिले जिल्लामा जे भैरहेको संचार सहकारीहरुको गतिविधि त्यो राम्रो भैरहेको छैन । विस्तारै विस्तारै अब रेडियोहरुको प्रभावकारिता, निस्पक्ष र पारदर्शिताबाट क्रियाकलापबाट परिमार्जित गर्दै जुन  आरोप लाग्ने गरेको छ त्यसलाई  खन्डन जानु पर्छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।