Wednesday, July 13, 2011

अनियमितता यस्ता यस्ता

भक्तपुर, अषाढ २९
भक्तपुरको एक सहकारीले नक्कली बिल पेस गरेर सरकारी अनुदान लिएको छ । बंगुर पालन तथा सहकारी खेतीका लागि केन्द्रीय बजेटबाट भक्तपुरको चित्तपोल र वागेश्वरीमा कार्यक्रम स्वीकृत भएको थियो । त्यसअनुसार वागेश्वरीमा बंगुर पालनका लागि एकल महिला सहकारीले व्यक्तिको र्फम देखाएर बंगुरको पाठा खरिद र भौतिक पूर्वाधर तयार गरेको भन्दै पशु कार्यालयबाट रकम निकासा लिएको छ ।
सहकारीले कामै नगरी व्यक्तिको नाममा रहेको बंगुर र्फम देखाएर ७ लाख ४८ हजार ६ सय रुपैयाँ भुक्तानी लिएको छ । सिन्धुपाल्चोकका उदयबहादुर भण्डारी, लक्ष्मी भण्डारी र भक्तपुरकी न्हुच्छेमाया नागा लगायतको लगानीमा सञ्चालन भएको बंगुर र्फमलाई सहकारीले देखाएको छ ।
ुहाम्रो र्फमको साझेदारमा एकल महिला सहकारीकी अध्यक्ष पनि हुनुहुन्छ, उहाले संस्थाको तर्फबाट नभई व्यक्तिगत लगानी गर्नुभएको हो, व्यक्तिको लगानीलाई सरकारले दिएको अनुदानको रूपमा लिन मिल्दैन,ु सञ्चालकमध्येका उदयबहादुरले भने, पशु कार्यालयले चार जनाको संयुक्त लगानीको बंगुर र्फम देखाएर अनुदान दिएछ, हामीले पछि थाहा पायौं ।
सरकारी लगानी भन्दै पशु सेवा कार्यालयले पनि बारम्बार अनुगमन गरेर फोटोसमेत खिचेर लगेपछि रकम भुक्तानी गरेको उदयले बताए । हाम्रो र्फममा सरकारी अनुदान कतैबाट पनि पाएका छैनौं, एक जनाले साढे तीन लाखको दरले लगानी गरेका छौं, उनले भने, एकल महिलाको लगानी भएको भन्दै मंगलबार बिहान र्फम अगाडि ब्यानर टाँस्न ल्याएको थियो, निकालिदियौं ।पशु कार्यालयबाट लिएको रकम बैंक खातामा राखेका छौं, संस्थामा विवाद भएपछि कुनै काम गर्न सकेका छैनौं, सहकारीकी अध्यक्ष नागाले भनिन्, ुरकम निकासाका लागि बिल चाहिने भएकाले अर्को बिल बनाएर पेस गरेका हौं ।
स्रोतका अनुसार सहकारीले पवन पाण्डे बंगुर र्फमबाट ३ हजार ५ सयका दरले ५० वटा पाठा खरिद गरिएको पशु कार्यालयमा बिल पेस गरेको छ । कुन शीर्षकमा कति रुपैयाँ पेस गरेको भने नागाले बताउन चाहिनन् । त्यस्तै, पशु कार्यालयका प्रमुख शिवबहादुर केसीले पनि लेखापाल सरुवा भएपछि नयाँ नआएकाले बिल भर्पाई देखाउन नसक्ने बताए । यो कार्यक्रममा सहकारीले ३० र सरकारले ७० प्रतिशत लगानी गर्नुपर्ने थियो ।सहकारीले गरेको काम राम्रो छ, वैशाखमा खोरमा राखेका पाठा अहिले ४०र५० किलो भइसक्यो, केसीले भने, हामीले दिएको अनुदानको रकम सहकारीको खातामा छ, उहाँहरूले व्यक्तिको खर्चमा काम गर्नुभएकाले सरकारी अनुदान सोध भर्ना गर्न सक्नुहुन्छ । सुरुमा यही र्फमबाट सरकारी अनुदान लिने भन्दै एकल महिलाको एक समूह आएर अवलोकन समेत गरेको उदयले जानकारी दिए ।
प्रकाशित मितिस् २०६८ अषाढ २९ Copyright ekantipur.com

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।