विनय बञ्जारा
असार ५ गते / नुवाकोटका सहकारी संस्थामार्फत दैनिक रू। ३० लाख रेमिटयान्स जिल्लामा भित्रने गरेको छ । सहकारीहरूले विभिन्न रेमिटका एजेण्टका रूपमा मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएका छन् । यसबाट जिल्लामा रेमिटयान्स आप्रवाह निरन्तर वृद्धि भएको जिल्ला सहकारी सङ्घका कार्यकारी अध्यक्ष वैकुण्ठ मिश्रले बताए ।चालू आर्थिक वर्षको ११ महीनामा सङ्गम मनी ट्रान्सफरले रू। १६ करोड ९४ लाख ५ सय रेमिटयान्स भुक्तानी गरेको जानकारी दिएको छ । जेठ महीनामा मात्र रू।२ करोड ९ लाख ३३ हजार भुक्तानी दिएको सङ्गम सहकारीका प्रबन्ध निर्देशक दिनेशकुमार श्रेष्ठले अभियानलाई बताए । पञ्चकन्या मनी ट्रान्सफरले मासिक रू। ४ करोड रेमिटयान्स भुक्तानी गर्दै आएको पञ्चकन्या सहकारीका निर्देशक रमेश श्रेष्ठले बताए । गोसाइकुण्ड मनी ट्रान्सफरमार्फत मासिक रू। डेढ करोड र सुलक्षणमार्फत मासिक रू। १ करोडभन्दा बढी रेमिटयान्स जिल्ला भित्रने गरेको छ । हिमाल रेमिटले मासिक रू। २ करोड, आईर्एमईले रू। २ करोड र वेष्र्टन युनियनले रू। डेढ करोड मासिक भुक्तानी दिने गरेको बताएका छन् ।
पछिल्लो समय गाउँगाउँमा खुलेका सहकारीले समेत रेमिटयान्सको कारोबार शुरू गरेका छन् । आफ्नै गाउँमा रेमिटयान्स भुक्तानी लिन पाउने भएपछि दुर्गम क्षेत्रका सर्वसाधारण हषिर्त भएका छन् । काउलेको सिङ्गला बहुउद्देश्यीय सहकारी संस्थाले कार्तिकदेखि ग्रामीण भेगमा रेमिटयान्स कारोबार शुरू गरेको सञ्चालक मेघबहादुर तामाङले बताए ।
जिल्लामा पञ्चकन्या बचत तथा ऋण सहकारी, सङ्गम सहकारी, गोसाइकुण्ड सहकारी, बट्टार सहकारी, सुलक्षणा सहकारीलगायत एक दर्जन सहकारी संस्थामार्फत रेमिटयान्सको कारोबार हुँदै आएको छ । यी सहकारीले हिमाल रेमिट, नबिल रेमिट, पृथ्वी एक्सप्रेस, वेष्र्टन युनियन मनी ट्रान्सफर, आईर्एमई, मनीग्राम, सिध्दार्थ रेमिट, सेवा रेमिट, सम्सरा रेमिट, कुमारी रेमिट, मनकामना रेमिट, मेरो रेमिट, बैङ्क अफ काठमाण्डू रेमिटलगायत डेढ दर्जन रेमिटको एजेण्टका रूपमा सेवा प्रदान गरिरहेका छन् ।
सहकारीमार्फत कारोबार शुरू भएपछि रेमिटयान्स भुक्तानी लिन काठमाडौंमै पुग्नुपर्ने सर्वसाधारणको समस्या समाधान भएको छ । सहकारीले रेमिटयान्स कारोबार शुरू गरेपछि विदेशबाट आफन्तले पठाएको रकम आफ्नै घरगाउँमा लिन पाएकोमा काउलेका विवराम तामाङले खुशी व्यक्त गरे ।आर्थिक अभियान दैनिकमा जेठ ३०, प्रकाशित

0 comments:
Post a Comment