Saturday, June 18, 2011

राउटे समुदाय पनि सहकारी संस्थामा आबद्ध

यज्ञ बञ्जाडे
असार ५ गते  / लोपोन्मुख जातिका रूपमा सूचीकृत राउटे समुदाय पनि सहकारी संस्थामा आबद्ध भएको छ । करीब एक महीनाअघि डँडेलधुराको सिस गाविस स्थित सिस साना किसान कृषि सहकारी संस्थामा स्थानीय ३४ घरपरिवारका महिला र पुरूष दुइरदुईगरी ६८ जना राउटे आबद्ध भएको नेपाल कृषि केन्द्रीय सहकारी सङ्घका अध्यक्ष खेमबहादुर पाठकले अभियानलाई जानकारी दिए ।
करीब १ वर्षअघिदेखि यो समुदायलाई सहकारीमा आबद्ध गराउने उद्देश्यले विभिन्न प्रशिक्षण शुरू गरेका थियौं, अहिले आएर मात्र सफल भयौं, उनले भने । ढिलै भए पनि राउटे समुदायलाई संस्थामा आबद्ध गराइएको विषयलाई पाठकले सहकारीको महत्त्वपूर्ण सफलताका रूपमा लिएका छन् ।
संस्थामा आबद्ध भएपछि राउटे समुदायमा बचत गर्ने बानीको विकास भएको संस्थाका अध्यक्ष पदमसिंह धामीले बताए । सहकारीका माध्यमबाट राउटे समुदायमा बचतको सदुपयोग गर्न र समाजमा घुलमिल हुन धेरै सजिलो भएको उनको भनाइ थियो । हाल संस्थामा सो समुदायको शेयर पूँजी रू। १३ हजार ६ सय, व्यक्तिगत बचत रू। १ लाख ८ हजार र बाल बचत रू। ७० हजार गरी करीब रू। २ लाख जम्मा भएको संस्थाले जानकारी दिएको छ । विगत १र२ वर्षदेखि यो समुदाय  खेतीपातीमा आबद्ध भई सामाजिक रूपान्तरणमा लागेकाले संस्थामा आबद्ध गराउन सकिएको धामीले बताए । संस्थाका हरेक गतिविधिमा सो समुदायको चासो र सहभागिता बढेको छ, उनले भने, ुसंस्थामा आबद्ध भएपछि सो समुदायले कृषि तथा पशुपालन व्यवसायका लागि कर्जा माग गर्दै आएका छन् ।’ काष्ठ उद्योग, बाख्रा पालन, कुखुरा पालन र गाई पालनलगायत व्यवसायमा राउटेहरूको रुचि रहेको पनि संस्थाले बताएको छ ।
संस्थामा आबद्ध भएपछि आफ्नो समुदायले विभिन्न प्रकारका आर्थिक तथा सामाजिक सहयोग प्राप्त गरेको गङ्गा राउटेले बताइन् । संस्थाका सदस्यहरूले आफूहरूलाई निकै राम्रो व्यवहार गर्दै आएको पनि उनको भनाइ थियो । आफ्नो समुदायमा शिक्षा आवश्यक भएकाले सहकारीमार्फत विद्यालयको सुधार गर्न आग्रह गर्ने पनि उनले बताइन् । सरकारले लोपोन्मुख जातिको संरक्षणका लागि दिँदै आएको अनुदान रकम विगत २ वर्षदेखि सोही सहकारीले वितरण गर्दै आएको छ ।आर्थिक अभियान दैनिकमा जेठ ३०, प्रकाशित

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।