Thursday, June 23, 2011

पल्र्स अनुगमन तालिम सुरु

धादिङबेसी असार ९ गते / नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ र धादिङ वचत तथा ऋण सहकारी संघको संयूक्त आयोजनामा ३ दिन सम्म चलने पल्र्स अनुगमन तालिम आज देखि सुरु भएको छ । डिभिजन सहकारी कार्यालय धादिङका सहकारी निरिक्षक महेश्वर ढकालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा सहकारी संघबाट विशेष प्रशिक्षक रामबहादुर आचार्य रहनु भएको थियो । श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्थाको वैठकहलमा संचालित तालिममा जिल्लाका वचत तथा ऋण सहकारी संस्थाका २५ भन्दा बढी व्यवस्थापकहरु सहभागि छन् । उद्घाटन कार्यक्रममा धादिङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष पार्वती खाँणको सभापतित्वमा भएको उक्त कार्यक्रको संचालन संस्थाकै उपाध्यक्ष कृष्णलाल श्रेष्ठले गर्नु भएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।