धादिङबेसी असार ९ गते / डिभिजन सहकारी कार्यालय धादिङले यस वर्ष निस्कृय रहेका ६ बटा सहकारी संस्थाहरलाई दर्ता खारेजी गरेको छ । सहकारी ऐन, नियम, विनियम तथा सिद्धान्त बमोजिम कार्य संचालन गर्न पटक– पटक सुचना प्रकाशन तथा प्रशारण गर्दा पनि प्रमाणहरु पेश नभए पछि खारेजी गरेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ ।
खारेजी पर्ने सहकारीहरुमा बतथ तथा ऋण तर्फ श्री गरिबि निवारण महिला बचत तथा ऋण सहकारी संस्था सुनौलाबजार, सातकन्या महिला बचत तथा ऋण सहकारी संस्था कटुन्जे र श्री फ्याफुल्ला बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ, बहुद्धेश्यीय सहकारी संस्था तर्फ श्री जनकाली चेपाङ विकास बहुद्धेश्यीय सहकारी संस्था धुषा र श्री लाली गुराँस बहुद्धेश्यीय सहकारी संस्था लि. तसर्पु, र तरकारी तथा फलफुल तर्फ श्री त्रिपुरा कृषक सुधार तरकारी तथा फलफुल उत्पादन सहकारी संस्थाहरु रहेका छन् । दर्ता खारेजीमा परेका संस्था सँग कसैको लिनुदिनु भए ३ महिना भित्र स–प्रमाण कार्यालयमा दाबी गर्न जानकारी गराउँदै अन्यथा म्याद नाघी परेको दावी उपर कुनै कारबाही नहुने समेत डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ ।
0 comments:
Post a Comment