Thursday, June 23, 2011

कृषिमा आधारित यूवा स्वरोजगार तालिम सम्पन्न

धादिङबेसी असार ९ गते /  प्रयत्नशिल जडिबुटी उत्पादन सहकारी संस्था लिमिटेडको आयोजना तथा जिल्ला विकास समिति धादिङको सहयोगमा २ दिने कृषिमा आधारित यूवा स्वरोजगार तालिम सम्पन्न आज सम्पन्न भएको छ ।
जिल्लाका ११ गाउँ विकास समितिका २९ जना वेरोजगार युवा/ युवती सहभागी भएको उक्त तालिम बुधवार हिजो र आज दुई दिन संचालन भएको हो । वेरोजगारी समस्याले आक्रान्त बनेका यूवा यूवतीहरुलाई केन्द्रित गरी भएको यस तालिममा प्रयत्नशिल जडिबुटी उत्पादन सहकारी संस्था लिमिटेडका प्रमुख सल्लाहकार नारायण प्रसाद पोखरेल, डिभिजन सहकारी कार्यालय धादिङका सहकारी निरिक्षक महेश्वर ढकाल, जिल्ला खेलकुद विकास समिति धादिङका कृष्णलाल श्रेष्ठ, सहकारी कै अध्यक्ष सिता खतिवडा लगायतले सहजकिरण गर्नुु भएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।