धादिङबेसी असार ९ / डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भै जिल्लामा क्रियाशिल सहकारी संघ / संस्थाहरुको संख्या ३०५ पुगेको छ । जसमा दुग्ध उत्पादक सहकारी संस्थाहरु २२, साना किसान कृषि सहकारी संस्थाहरु २३, बहुउद्धेश्यीय सहकारी संस्थाहरु ३९, बचत तथा ऋण सहकारी संस्थाहरु ७५, तरकारी तथा फलफुल सहकारी संस्थाहरु २०, कृषि सहकारी संस्थाहरु १००, उपभोक्ता सहकारी १, बिद्युत सहकारी ५, चिया कफी उत्पादक सहकारी ३, जडीबुटी सहकारी ४, संचार सहकारी ४ स्वास्थ्य सहकारी २, यातायात सहकारी १ सहकारी स्कुल १ र ५ बटा संघहरु रहेका छन् ।
यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएको डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक महेश्वर ढकालले जानकारी दिनु भयो ।
0 comments:
Post a Comment