Tuesday, July 5, 2011

कृषि सहकारीमा करिब तीन अर्ब लगानी

लक्ष्मी सापकोटा/राजधानी
काठमाडौं, २१ असार
कृषि सहकारी संस्थामा चालू आर्थिक वर्षा करिब ३ अर्ब लगानी परिचालन भएको छ । अहिले परम्परागत खेती गर्दै आएका कृषकले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न थालेकाले उनीहरू सहकारी संस्थामा आबद्ध हुन थालेका हुन् । जसका कारण सो क्षेत्रमा लगानीसमेत बढ्दै गएको हो ।

हाल, मुलुकभर सञ्चालित कृषि सहकारी संस्थामा दर्ुइ अर्ब ८१ करोड ७१ लाख ७० हजार रुपैयाँ लगानी परिचालन भएको सहकारी विभागले जनाएको छ । विभागका रजिस्ट्रार सर्दर्शनप्रसाद ढकालले  सहकारीको माध्यमबाट कृषि क्षेत्र रूपान्तरण गर्नका लागि पनि यस क्षेत्रमा लगानी बढ्दै गएको जानकारी दिए । 'कृषि क्षेत्रमा करिब ३ अर्ब लगानी परिचालन भएको छ,' रजिस्ट्रार ढकालले भने, 'जसका कारण पनि मुलुकको समग्र अर्थतन्त्र विस्तारमा सहकारी क्षेत्रले महत्त्वपर्ूण्ा योगदान पुगेको छ ।'
स्थापना भएको छोटो समयमै अधिकांश कृषि सहकारीले उल्लेख्य सफलता हासिल गरेको उनको भनाइ छ । मुलुकभर सञ्चालित २२ हजार ६ सय ४६ सहकारी संस्थामध्ये ५ हजार ३ सय ४८ ओटा कृषि सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेका छन् । जसमा कुल लगानी २ खर्ब ४० अर्ब रहेको छ । जसमा कृषि सहकारी ३ हजार १ सय ४४, दुग्ध सहकारी संस्था १ हजार ७ सय ४८ ओटा सञ्चालनमा छन् । त्यस्तै, १ सय ४ ओटा चिया सहकारी, ६७ कफी सहकारी सञ्चालनमा रहेका छन् । ७३ ओटा जडीबुटी सहकारी र ५१ ओटा मौरीपालन सहकारी संस्था सञ्चालनमा रहेको सहकारी विभागले जनाएको छ । गत आवमा ५ हजार ५४ कृषि सहकारी संस्था सञ्चालनमा रहेका थिए । एक वर्षो अवधिमा थप ३ हजार सहकारी संस्था दर्ता भएका छन् । ३ हजार १ सय ४४ कृषि सहकारी संस्थामा १ अर्ब २२ करोड ४५ हजार तीन सय ५३ रुपैयाँ लगानी परिचालन भएको छ । त्यस्तै, १ हजार ७ सय ४८ ओटा दुग्ध सहकारी संस्थामा ९ करोड ७१ लाख ७८ हजार ८ सय ५१ रुपैयाँ लगानी भएको विभागले जनाएको छ ।
१ सय ६१ तरकारी तथा फलफूल सहकारीमा ५६ करोड ७७ लाख ७ हजार ४ सय ७१ रुपैयाँ लगानी भएको छ । १ सय ४ चिया सहकारीमा ६ लाख ३२ हजार, ६७ कफी सहकारीमा १४ लाख ७९ हजार ८ सय ५२ रुपैयाँ लगानी परिचालन भएको विभागले जनाएको छ । त्यसैगरी, ७३ जडीबुटी सहकारीमा २७ लाख ९१ हजार ४ सय ५६ र ५१ मौरीपालन सहकारीमा ६५ लाख  २ हजार ८ सय ५८ रुपैयाँ लगानी भएको विभागले जनाएको छ ।
हाल म्ाहिलाद्वारा मुलुकभर ३ सय कृषि सहकारी संस्था सञ्चालनमा छन् । जसमा ४० करोड २४ लाख ३७ हजार २ सय १ रुपैयाँ लगानी परिचालन छ ।
यसैबीच, विभागले ४० कृषि सहकारी उद्योग विस्तारका लागि १ करोड रुपैयाँ अनुदान दिएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।