असार ५ गते / नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिले आफ्नो तेस्रो वार्षिकसाधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले सङ्घका वर्तमान अध्यक्ष गणेशबहादुर बस्नेतकै अध्यक्षतामा आगामी ३ वर्षका लागि ९ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल तथा सञ्चालक सदस्यहरूमा खेम घिमिरे, राजकुमार कुँवर, ओमनारायण चौधरी, शम्भु थापा, मोहनराज खनाल, देवी दहाल र जानुका थापा निर्वाचित भएका छन् । यस्तै, लेखा समिति संयोजकमा अम्बरबहादुर तारामे र सदस्यहरूमा महेन्द्र सुनुवार र गोमा दहाललाई चयन गरीएको छ । सङ्घको विनियममा सचिव तथा कोषाध्यक्ष पदको व्यावस्था गरिएको छैन ।साधारणसभाको अवसरमा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले महको बजारीकरणमा सङ्घको भूमिकाको सराहना गरे । महको उत्पादन बर्ढाई किसानलाई स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा बडालले सङ्घलाई धन्यवाद दिँदै राष्ट्रिय सहकारी सङ्घ यसलाई स्थापित गराउन कटिबद्ध रहेको बताए । जिल्ला सहकारी सङ्घ काठमाडौंका अध्यक्ष केबी उप्रेतीले सहकारीबाट उत्पादित मह शुद्ध भएको सन्देश बजारमा गएको उल्लेख गरे । उनले भने, ुमहको गुणस्तरमा अझै ध्यान दिन सके उत्पादन वृद्धि भई अन्तरराष्ट्रिय स्तरमा यसको विस्तार गर्न सकिन्छ ।’
सभामा सङ्घका नव(निर्वाचित अध्यक्ष गणेशबहादुर बस्नेतले मह उत्पादक किसानको व्यावसायिक पहिचान गराउन र उत्पादन वृद्धि गर्न मौरी सहकारी स्थापनामा लागि पर्ने बताए । कार्यक्रममा सङ्घले चालू आर्थिक वर्ष२०६६र६७ को प्रगतिविवरण सार्वजनिक गरेको थियो । चितवनको भरतपुरमा १४ लाख रुपैयाँको लागतमा सङ्घको आफ्नै भवन निर्माण भइरहेको बस्नेतले बताए । यस्तै २०६४ सालमा स्थापना भएको सङ्घले तीन वर्षको अवधिमा चितवनमै १६ लाख रुपैयाँमा ११ आना जग्गासमेत खरीद गरेको छ । चितवनको भरतपुरमा सङ्घको केन्द्रीय कार्यालय रहेको छ । यसको चितवन जिल्लामा एउटा शाखासमेत छ । हालसम्म देशभरका ५१ मौरी पालक सहकारी संस्था केन्द्रीय सङ्घमा आबद्ध रहेको साधारणसभामा जानकारी दिइएको थियो । आर्थिक अभियान दैनिकमा जेठ ३० प्रकाशित
0 comments:
Post a Comment