Wednesday, June 22, 2011

सहकारी स्किम सम्बन्धी तालिम सम्पन्न

धादिङबेसी असार ८ / जिल्ला स्तरीय सहकारी स्किम सम्बन्धी तीन दिने अगुवा कृषक तालिम आज धादिङबेसीमा सम्पन्न भएको  छ । कृषकहरुको कृषिबाली उत्पादन क्षमतामा बृद्धि गर्ने र कृषि सहकारी स्किमको बारेमा जानकारी गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय धादिङको आयोजनामा सञ्चालन भएको तालिममा गोगनपानी र किराञ्चोकका २१ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
तालिमको अन्तिम दिन आज वरिष्ठ बाली संरक्षण अधिकृत महेन्द्रमान श्रेष्ठ, सहकारी डिभिजन कार्यालय धादिङका अधिकृत महेश्वर ढकाल, जिल्ला सिंचाइ इञ्जिनियर प्रकाश अधिकारी र जिल्ला कृषि विकास कार्यालयका रामचन्द्र मिश्रले विषयबस्तु बारे प्रष्ट्याउनु भएको थियो । सो अवसरमा सिंचाई व्यवस्थापन, यसको भौतिक संरचना र प्रकार साथै मौसमी तथा बेमौसमी तरकारी खेती, मकै खेति अदुवाखेति, गोठेमल ब्याबस्थापन , बालिमा लाग्ने रोग र सहकारी लेखा व्यवस्थापन सम्बन्धी विषयबस्तुको बारेमा जानकारी गराइएको थियो । तालिमको अन्त्यमा सहभागी अगुवा कृषकहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।