पवन पौडेल
असार ८ गते , जामुने तनहुँ । तनहुँको जामुनेस्थित नारायण कृषि सहकारी संस्थाले सिँचाइ आयोजना सम्पन्न गरेको छ । करीब रू। ३ लाख ३२ हजारको लागतमा ४५ हजार लिटर क्षमताको टयाङ्कीसहित सिँचाइ पोखरी निर्माण गरिएको संस्थाका अध्यक्ष एवम् निर्माण उपभोक्ता समितिका संयोजक नवराज घिमिरेले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय, तनहुँको सहकारी सिँचाइ कार्यक्रमअन्तर्गत रू। १ लाख ४२ हजार र बाँकी रकम संस्थाका प्रत्येक सदस्यको घरपरिवारबाट रू। ५ हजारका दरले सङ्कलन गरिएको संस्थाले जानकारी दिएको छ । आयोजनाबाट जामुने गाविसको १४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको घिमिरेले जानकारी दिए । यसअघि सिँचाइ सुविधा नपुगेका कारण सो क्षेत्रका जग्गा बाँझै रहेका थिए । सिँचाइ सुविधा पुगेपछि यसै वर्षबाट बेमौसमी तरकारी खेती शुरू गर्न लागिएको घिमिरेले बताए ।असार ८ गते , जामुने तनहुँ । तनहुँको जामुनेस्थित नारायण कृषि सहकारी संस्थाले सिँचाइ आयोजना सम्पन्न गरेको छ । करीब रू। ३ लाख ३२ हजारको लागतमा ४५ हजार लिटर क्षमताको टयाङ्कीसहित सिँचाइ पोखरी निर्माण गरिएको संस्थाका अध्यक्ष एवम् निर्माण उपभोक्ता समितिका संयोजक नवराज घिमिरेले जानकारी दिए ।
आयोजनामा केही पर रहेको पानीको स्रोतबाट दुईओटा मोटर लगाएर पानी तानी टयाङ्कीमार्फत वितरण गर्ने प्रबन्ध मिलाइएको छ । पानी तान्दा लाग्ने विद्युत् खर्च प्रतिघण्टा सिँचाइ गरेबापत १० रुपैयाँ शुल्क लिएर पूर्ति गरिने सहकारीले जानकारी दिएको छ । आयोजनामा अझै विद्युत् लाइन जोडिएको छैन । प्राधिकरणबाट विद्युत् जोड्ने सिफारिश पाउनासाथ सिँचाइ कार्य शुरू हुन्छ,ु घिमिरेले भने । सो क्षेत्रको बाँझो जमीनमा विभिन्न किसिमका घाँस लगाएर तरकारी खेतीसँगै पशुपालन पनि अघि बढाइने घिमिरेले बताए । अभियान राष्ट्रिय दैनिकमा प्रकाशित
0 comments:
Post a Comment