Saturday, June 11, 2011

समाज सुधारतर्फ महिला

 nepalmanch.com
तनहुँ, २८ जेठ । कुनै समयमा चुल्हो र चौकोमा सीमित रहने तनहुँ पोखरीभञ्याङका महिला हिजोआज समाज सुधार कार्यमा अग्रसर भएका छन् । उक्त गाविसका महिला सहकारी संस्थामा आवद्ध भएर पैसा सङ्कलन गर्नाका साथै समाजमा हुने विकास निर्माणका कार्यमा पनि सक्रियता देखाउन थालेका हुन् । समुदायमा निर्माण गरिने शौचालय, खानेपानी, गोबरग्यास निर्माणलगायतका क्षेत्रमा महिला सक्रियरुपमा लागेको पोखरीभञ्ज्याङ महिला सहकारी संस्थाकी व्यवस्थापक सरिता रानाभाटले जानकारी दिनुभयो ।
महिलाकै सक्रियतमा रु आठ लाखको लागतमा महिलाद्वारा सञ्चालित सहकारी भवनसमेत निर्माण गरिएको उहाँले बताउनुभयो । उक्त गाविसका महिलाले विकास निर्माण कार्यमा देखाएको सक्रियताको छिमेकी गाविसले समेत अनुकरण गर्न थालेको बताइएको छ । पाँच हजार मानिसको बसोवास रहेको सो गाविसमा जनजाति समुदायको बाहुल्यता रहेको पाइन्छ । पाँचसय १३ महिला सदस्य आवद्ध रहेको उक्त सहकारी संस्थाले हालसम्म रु ५५ लाखभन्दा बढीको कारोबार गर्न सफल भएको छ । आर्थिक क्षेत्रमासमेत त्यस क्षेत्रका महिला सवल बन्दै गएपछि सानो खर्चबर्चका लागि पनि अरुको भर पर्नुपर्ने महिलाको समस्या हट्दै गएको बताइएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।