Friday, June 3, 2011

५ दिने बाख्रा पालन तालिम सम्पन्न

धादिङ जेष्ठ २० / गजुरी गाउँ विकास समिति स्थित गजुरी बजारमा आज बाख्रा पालन तथा डालेघाँस सम्बन्धी ५ दिने तालिम आज सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संघ धादिङ र साना किसान कृषि सहकारी संस्था कुम्पुरको आयोजना तथा युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टरको सहयोगमा सञ्जालित तालिममा आयोजक संस्थाका ४३ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
साना किसान कृषि सहकारी संस्था कुम्पुरका अध्यक्ष रङ्गप्रसाद थपलियाको अध्यक्षता रहेको तालिममा संस्थाका व्यवस्थापक विष्णुप्रसाद थपलियाले बाख्रा पालन र बाख्राको लागि डालेघाँसको उपयोगिताको बारेमा प्रष्ट्याउनु भएको थियो । तालिममा साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष शिव भण्डारी, प्रबन्धक खिलप्रसाद सिलवाल, कृषि प्रविधिक कमला हुमागाई लागयतको आतिथ्य रहेको थियो । तालिमको अन्त्यमा बाख्रा पालनको लागि नगद १८ हजार रुपयाँ समेत वितरण गरिएको आयोजक संस्थाका भेटनरी प्राविधिक गुणराज लोहनीले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।