पर्वत, २८ जेठ । महिलाहरुद्वारा सञ्चालित नारी बचत तथा ऋण सहकारी संस्था शुक्रबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ।
सदरमुकाम कुश्मामा प्रधान कार्यालय रहेको संस्थाको प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्की, डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदी र पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य होमनारायण श्रेष्ठले संयुक्तरूपमा शुक्रबार उद्घाटन गरेपछि सहकारी औपचारिकरूपमा सञ्चालनमा आएको हो।
कार्कीले मैनबत्ती प्रज्वलन, सुवेदीले खुत्रुकेमा पैसा राखेर र श्रेष्ठले रिबन काटेर संयुक्तरूपमा उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्कीले एक थुकी सुकी सय थुकी नदी भन्ने उदगारलाई चरितार्थ गदै स्थापना भएको सहकारीले छरिएर रहेको पूँजी सङ्कलन गरी आर्थिक क्षेत्रमा लगानी गर्ने विश्वास ब्यक्त गरे।
डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदीले पछिल्लो समयमा महिलाहरु सहकारी तर्फ आकषिर्त भएकोमा खुसी व्यक्त गदै महिलाहरुले चलाएका सहकारीहरु नमुना बनिरहेको उदाहरण दिँदै यो सहकारी पनि नमुना बन्ने बताए।
‘सहकारी क्षेत्रमा पुरुषको दाँजोमा महिलाले चलाएका सहकारी धेरै राम्रा भएका उदाहरण छन्’-सुवेदीले भने।
अहिलेको शेयर सङ्ख्यालाई बढाउनुपर्ने सुझाव दिँदै सुवेदीले सहकारीमा जति बढी शेयरधनीको सहभागिता रहन्छ त्यति नै सहकारी सुरक्षित रहने दाबी गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महिलाहरुकै शेयर सङ्कलन गरी सञ्चालन भएको नारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो लक्ष्य र उद्देश्यअनुरुप अगाडि बढ्दै सम्पूर्ण महिलाहरुको ढुकढुकी बन्ने विश्वास व्यक्त गरे।
‘महिलाहरुको आयआर्जनमा कर्जा प्रवाह गरी मुलुकको आर्थिक विकास र समुन्नत समाज निर्माणमा यस सहकारीको प्रयास कोसेढुङगा सावित हुनेछ’-श्रेष्ठले भने।
नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुप्लाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक सङ्घका राष्ट्रिय उपाध्यक्ष बसन्तबहादुर सिके, शुभलक्ष्मी बहुउदेश्यीय सहकारी संस्था कुश्माका अध्यक्ष एवं पर्वत उद्योग बाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विषमकुमार श्रेष्ठ, नारी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सरस्वती भण्डारी, सचिव धनकुमारी केसी (रिमाल), कोषाध्यक्ष मन्जु सिलाकारलगायतले बोलेका थिए।
सहकारीको हाल अधिकृत पुजप् ५० लाख रहेको छ। सहकारीले दैनिक बचत खाता, एकल महिला विशेष बचत खाता, साधारण बचत खाता र मुद्दती खाता लगायतका निक्षेप खाता सञ्चालन गरेको अध्यक्ष शाक्यले बताइन्।
त्यस्तै सहकारीले शैक्षिक कर्जा, वैदेशिक रोजगार, सामूहिक लगानी, हायर पचेज कर्जा, आवास कर्जा, व्यवसायिक कर्जा लगानीको तय गरेको जनाएको छ। eadarsha.com
0 comments:
Post a Comment