Tuesday, May 10, 2011

सहकारीका सदस्यलाई प्रशिक्षण

कृष्ण न्यौपा बैशाख २८
तनहुँको सदरमुकाम दमौलीमा रहेको कृषि विकास सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यका लागि सहकारी शिक्षा प्रशिक्षण दिएको छ । संस्थाले आफ्ना सेयर सदस्यको बौद्धिक विकास गर्ने उद्देश्यले सहकारी शिक्षासम्बन्धी प्रशिक्षण दिएको हो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय तनहुँका प्रमुख रामचन्द्र लामगादेले सहकारी संघसंस्था सहकारीका सात मूल्य, मान्यताका आधारमा चल्नुपर्ने बताए । सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके गरिबी निवारण गर्न सकिने उनले बताए । छरिएर रहेका पुँजीलाई एकत्रित गरी न्यून आयस्तर भएका व्यक्तिको आर्थिकस्तर उकास्न सहकारीले ठूलो योगदान पु¥याएको लामगादेले बताए ।
आर्थिक, सामाजिक उन्नतिमा सहकारीले सहयोग गरेको उनको भनाइ थियो । “नेपाललाई विकसित राष्ट्रको तहमा पु¥याउन सहकारीको सशक्तीकरणले मात्र सम्भव छ,” उनले भने । सहकारीले आफ्ना सदस्यहरूको सशक्तीकरण गर्दै राष्ट्रको विकासका लागि अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
जिल्ला सहकारी संघका अध्यक्ष पुरुषोत्तम काफ्लेले सहकारी आर्थिक विकासको तेस्रो खम्बा भएकाले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा आर्थिक क्रान्ति सम्भव हुने बताए । सहकारी संस्थाका उपाध्यक्ष खिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत डण्डपाणी खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमप्रसाद पौडेल, सहकारी लेखा समितिका संयोजक मानबहादुर थापा, सेयर सदस्य तिलबहादुर थापालगायतले मन्तव्य राखेका

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।