Tuesday, May 10, 2011

गुल्मीमा साझा औषधी पसलको आवाश्यकतामा जोड

शिबलाल सुबेदी
बैशाक २८ गते / गल्मी कतिपय औषधी बजारमा नपाइनु र पाइएपनि चर्को मुल्यको मारमा पर्नु पर्ने समस्याको समाधानकालागि गूल्मीमा साझा औषधी पसल राख्न आवाश्यक रहेको आज आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

सदरमुकाम तम्घासमा जिल्ला सहकारी संघ गुल्मीद्धारा आयोजित साझा स्वास्थ्य सेवा विषायक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो आवाश्यकता औलाएका हुन । कार्यक्रमका अधिकांस वक्ताहरुले सरकार, कर्मचारी र निजि क्षेत्रको संयुक्त लगानीमा खोलीने साझा औषधी पसल सदरमुकाम तम्घासमा खोल्न सके सस्तो मुल्यमा गुणस्तरिय औषधी आम जनताको पहँचमा पुग्ने भएकाले यस तर्फ सबै पक्षले जोड दिनु पर्ने धारणा राखेका थिए । कार्यक्रमका सहभागिहरुले साझा औषधी पसल खोल्नका लागि आवाश्यक प्रक्रिया अगाडी बढाउन जिल्ला सहकारी संघका संचालक समिति सदस्य शेषकान्त गौतमलाई जिम्मा दिएका छन् । गौतम सहितको एक टोलीले साझा औषधी पसल संचालनका लागि आवश्यक जग्गा वा स्थान उपलब्ध गराउन तम्घास अस्पताल विकास समिति समक्ष आग्रह गर्ने छ ।
औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष समेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापाले तम्घासमा साझा औषधी पसलको आवाश्यकता रहेकोले त्यस सम्बन्धी प्रक्रिया बुझी सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा एकृकित नेकपा माओवादी गुल्मीका विशेष इलाका इन्र्चाज वुद्धि जीसी, नेपाली काग्रेसका महासमिति सदस्य भुवन प्रसाद श्रेष्ठ, नेकपा एमाले गुल्मीका अध्यक्ष वोम बहादुर खड्का, राप्रपा नेपालका लाल बहादुर थापा, जिल्ला विकास समितिका योजना तथा प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, जिल्ला स्वास्थ्य प्रमुख डा।भेषराज पोख्रेल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम , साझा स्वास्थ्य सेवा प्रशाखा पाल्पाका प्रमुख नरेन्द्र लम्साल लगाएतले गुल्मीमा साझा औषधी पसल राख्न आवाश्यक भएको तर वृहत छलफल गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । जिल्ला सहकारी संघका प्रतिनिधि खड्ग बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शेषकान्त गौतमले गरेका थिए । गुल्मीन्युज डट कम बाट साभार गरएिको

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।