राजेन्द्र न्यौपाने
गोरखा, २८ बैशाख / गोरखा जिल्लाका स्थानीय व्यावसायीहरुको सेयर लगानीमा स्थापना गरिएको सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लि. को शुक्रबार जिल्ला न्यायधिस माननीय प्रभा बस्नेतले उद्घाटन गर्नुभयो । सदरमुकाम भित्रका उद्योगी व्यवसायीहरुको सक्रियतामा उक्त सहकारी स्थापना भएको हो ।
आफूसंग भएको पुँजीले मात्र व्यावसाय गर्न समस्या परेको भन्दै व्यावसायीक क्षेत्रको विकासका लागि बैंकको स्थापना गरिएको बैंकका अध्यक्ष अच्युतलाल श्रेष्ठले बताउनुभयो । निश्चित पैसाले केही गर्न नसकिने हुँदा सहकारीको माध्यमबाट सबैसंग हातेमालो गरेर अघि बढ्न सहज होस् भनेर उक्त सहकारीको स्थापना गरिएको हो ।सहकारीले पर्यटन, कृषि, घरेलु तथा साना उद्योग, गाडी, मोटर साइकल खरिदमा कर्जा प्रवाह गर्ने बताइएको छ । अन्य वित्तिय संस्थाले प्राथमिकता नदिइएका तर अत्यावश्यक र महत्वपूर्ण क्षेत्रमा आफूहरुको लगानी रहने बैंक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।सदस्य संख्या आगामि दिनमा बढ्दै जाने बताइएको छ ।तीन महिना अघि स्थापना भएको उक्त सहकारीको पहिलो साधारण सभा पनि शुक्रबार सम्पन्न भएको छ । जिल्लामा बाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था र बैंकिङ सेवा दिने सहकारी संस्थाहरुको स्थापना पछिल्ला दिनमा बढेको छ ।
सिद्धि गणेशले साधारण बचतमा १० प्रतिशत भन्दा बढी व्याज दिने र पाँच बर्षमा दोब्बर दिने योजना पनि सार्वजनिक गरेको छ ।चल्ती, व्यापारीक कर्जा, सामुहिक जमानीमा विना धितो कर्जा, रेमिट्यान्स कारोवार, घर घरबाट दैनिक बचत पनि सकंलन गर्ने सहकारीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment