Tuesday, May 17, 2011

किसानहरु जैविक कफी उत्पादनतर्फ आकर्षित

पर्वत जेठ ३ । उत्पादित कफीले बजार पाउनुको साथै बिक्री भएको कफीको भुक्तानी तत्कालै हुने भएपछि धौलागिरी अंचलका पर्वत बागलुङ र म्याग्दी जिल्लाका कृषकहरु जैविक कफी उत्पादनतर्फ आकर्षित भएका छन् । अर्गानिक कफी सहकारी संस्था कुस्माले धौलागिरीमा उत्पादित कफीलाई बजारको लागि सहयोग गरिदिएको कारण किसानहरु कफी खेतीप्रति आर्कर्षित भएका हुन् ।

गत वर्षहरुमा उत्पादित कफीलाई काठमाडौंका विभिन्न कम्पनीमा पठाएपछि पनि कफीको भुक्तानी समयमा नहुने भएको कारण कफी किसानहरुमा निरासा भएका थिए । केहि वर्ष यता नेपाल भित्रै पनि कफी सेवनकर्ताको संख्या बढ्नुको साथै अन्र्तराष्ट्रिय बजारमा पनि नेपाली कफीको माग अत्याधिक बढेको छ ।बाट:धौलाश्री समाचार डेस्क

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।