Wednesday, May 18, 2011

अर्गानीक खेती उत्पादन सचेतना तथा जागरण कार्यक्रम सम्पन्न ।

धादिङ, धुषा जेष्ठ ४ गते / श्री कृषक सुधार फलफूल तथा सहकारी संस्था लिमिटेड धुषा –१ चरौदी धादिङको आयोजनामा  अर्गानीक (प्राङ्गारीक) खेती उत्पादन सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय विकास अधिकारी शंकार नेपालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्ला कृषि कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकारी महेनद्रमान श्रेष्ठ, पत्रकार महासंघ धादिङका कोषध्यक्ष नारायण सिलवाल, लगायत को आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शंकर नेपालले नमुना स्वरुप अर्गानिक खेती तर्फ लागेका धुसाका किसानहरुलाई जिल्ला विकास समिति धादिङले कसतो सहयो गर्नु पर्छ । माग भैइ आएका सहयोग गर्ने बताउनुभएको थियो ।
अबको २ वर्ष मा धुषा गाउँ विकास समितिलाई अर्गानीक खेती को नमुना गाविस बनाउने लक्ष्य राखेको कृषक सुधार फलफूल तथा सहकारीले  रासायनिक मल र विषदीका कारण माटोको अम्लीयपन बढ्दै गएपछि धुषका जनता अर्गानीक खेती तर्फ आकर्षित गराएको हो । कार्यक्रममा सहकारीले मुत्र संकलनका लागि धुषा गाविसमा अर्गानिक खेती गर्ने १०० जना किसानलाई २०० लिटरको हिल ट्याङ्क र एकबोरा सिमेन्ट समेत विटरण गरेको थियो । उक्त कार्यक्रमका सभापति तथा सहकारीका अध्यक्ष हेमनाथ थपलियाले रासायनीक विषादि बाट हुने माविय तथा वातावरणीय क्षेति तर्फ जनचेतना मुलक कार्यक्रमलाई सरोकार वालाहरुले अगाडी बढाउनु पर्ने बताउनुभको थियो  ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।