काठमाडौं, जेठ ७ नागरिक चरम भ्रष्टाचारले बन्द भएको साझा यातायातले चार वर्षपछि फेरि सेवा सुरु गर्ने भएको छ। साझा यातायात सहकारी संस्थाको नवनिर्वाचित सञ्चालक समितिले नयाँ बस थपेर यातायात सेवा सुरु गर्ने निर्णय शुक्रबार गर्यो।
कुनैबेला एसियाकै उत्कृष्ट यातायात सेवाका रूपमा कहलिएको साझा कमजोर व्यवस्थापन र भ्रष्टाचारले ०६४ देखि बन्द भएको थियो।अब छिट्टै साझा यातायातका सुविधासम्पन्न बस चढेर राजधानीबाट देशका विभिन्न भाग पुग्न सकिनेछ,संस्थाका नवनिर्वाचित अध्यक्ष कनकमणि दीक्षितले भने।
उपत्यकाभित्र पनि साझाकै सहरी यातायात र उपत्यकाबाहिर भारत र चीनसम्म सेवा पुर्याउने योजना रहेको उनले जानकारी दिए।कुनैबेला एसियाकै उत्कृष्ट यातायात सेवाका रूपमा कहलिएको साझा कमजोर व्यवस्थापन र भ्रष्टाचारले ०६४ देखि बन्द भएको थियो।अब छिट्टै साझा यातायातका सुविधासम्पन्न बस चढेर राजधानीबाट देशका विभिन्न भाग पुग्न सकिनेछ,संस्थाका नवनिर्वाचित अध्यक्ष कनकमणि दीक्षितले भने।
सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड नामक सहकारी स्थापना गरेर निजी क्षेत्रको उच्चतम सहभागिता रहनेगरी व्यवस्थापन सुम्पेको हो।
दीक्षितका अनुसार सेवा सुचारु गर्न नयाँ बस किनिनेछ। पुराना बस मर्मत गरेर चलाउन नसक्नेगरी काम नलाग्ने भइसकेको छ। सञ्चालक सदस्यबाट सेयर रकम उठाएर र बैंकबाट ऋण लिएरै भए पनि अत्याधुनिक बस सञ्चालनमा ल्याउँछौं, उनले भने, नेपालको झन्डा फहराउँदै भारत र चीनका विभिन्न ठाउँमा साझा यातायात पुग्नेछ।साझा सञ्चालक समितिका सचिव महेन्द्रराज पाण्डेका अनुसार ०१९ मा ३ वटा बसबाट सुरु भएको साझाले ०३७ मा जापानको सहयोग पाएपछि १ सय ८३ बस सञ्चालनमा ल्याएको थियो। ०४६ पछि राजनीतिक हस्तक्षेप बढेपछि साझा धरासायी हुँदै गयो। द्वन्द्वको समयमा माओवादीबाट एक दर्जन गाडी जलाइएपछि ०६४ मा साझा बन्द भयो।यातायात व्यवस्थापनका लागि अब दक्ष कर्मचारी नियुक्त गर्नुपर्छ,साझाका संस्थापक विश्वबन्धु थापाले भने। उनले साझामा कन्डक्टर हुन एसएलसी पास गरेको हुनुपर्ने व्यवस्था भएको बताए।
सहकारीका नवनिर्वाचित सदस्य विनोद अधिकारीले सिन्डिकेट प्रथा यातायात क्षेत्रको प्रमुख समस्या भएको भन्दै सरकार र जनताले सहयोग गरे आफूले तोड्ने उल्लेख गरे। नागरीक दैनिक जेष्ठ ७
0 comments:
Post a Comment