काठमाडौं, ११ जेठ
सहकारी विभागले कृषिजन्य उद्योग खोल्नका लागि सहकारीलाई अनुदान दिन सरकारसँग साढे ५ करोड रुपैयाँ माग गरेको छ । विभागले सरकार–सहकारी साझेदारीमा ठूला कृषिजन्य उद्योग खोल्न ४ करोड र साना उद्योग खोल्न एक करोड ५० लाख रुपैयाँ अनुदान प्रस्ताव गरेको हो ।
विभागले ठूला उद्योगलाई अनुदानका लागि आर्थिक वर्ष २०६८र०६९ को बजेटमा ४ करोड रुपैयाँ प्रस्ताव गरेको रजिस्टार सुदर्शनप्रसाद ढकालले जानकारी दिए । उक्त रकम स्वदेश र विदेश निर्यातमा सम्भावना भएका चिया, कफी, उखु, दूध, मह, अदुवालगायतका विषयगत सहकारीले खोल्ने उद्योगलाई दिने ढकालले बताए । उक्त उत्पादनहरूका लागि स्वदेशका साथै विदेशमा निर्यातको ठूलो सम्भावना रहेकाले सरकारले अनुदानमा प्राथमिकता दिनुपर्ने ढकालको भनाइ छ ।सहकारी विभागले कृषिजन्य उद्योग खोल्नका लागि सहकारीलाई अनुदान दिन सरकारसँग साढे ५ करोड रुपैयाँ माग गरेको छ । विभागले सरकार–सहकारी साझेदारीमा ठूला कृषिजन्य उद्योग खोल्न ४ करोड र साना उद्योग खोल्न एक करोड ५० लाख रुपैयाँ अनुदान प्रस्ताव गरेको हो ।
त्यसैगरी विभागले कृषिजन्य साना उद्योगका लागि अनुदान दिन १ करोड ५० लाख रुपैयाँ माग गरेको छ । आव २०६५र०६६ देखि सुरु हुँदै आएको यस कार्यक्रमका लागि १ करोडको हाराहारीमा बजेट विनियोजन हुँदै आएको छ ।
चालू आवमा साना उद्योग अनुदानका लागि १ करोड २० लाख रुपैयाँ छुट्याएको छ । उक्त रकम सहकारीका चिया, अलंैची, मह, अदुवा, कफीलगायतका उद्योगको मेसीनरी लागतमा २५ प्रतिशत अनुदानका रूपमा दिने विभागको भनाइ छ । अनुदानका लागि देशभरबाट ६८ वटा सहकारीले निवेदन दिएको र छानबिन भइरहेकाले विभागले जनाएको छ ।
साना उद्योग अनुदान कार्यक्रमअन्तर्गत आव २०६६र०६७ मा ३५ वटा सहकारीलाई ९० लाख र आव २०६५र०६६ मा २० वटा सहकारीलाई ७५ लाख रुपैयाँ अनुदान दिइएको थियो ।
ठूला उद्योगका लागि अनुदान प्रस्ताव गरे पनि यसअघि पाएको अनुदान रकम भने वितरण हुन नसक्दा फ्रिज भएको थियो । गत आवमा ठूला सहकारी उद्योगको १० करोडबराबरको अनुदान रकम कम भएको भन्दै सहकारीले नलगेपछि फ्रिज भएको हो । उद्योग सञ्चालनका लागि भन्दै दूध, उखु, महलगायतका सहकारी संस्थाहरूले निवेदन दिएका थिए । तर, २५ प्रतिशत अनुदानले मात्र उद्योग खोल्न नसकिने भन्दै उनीहरू पछि हटेको विभागले जनाएको छ ।
विभागका अनुसार धूलो दूध उद्योगका लागि केन्द्रीय दुग्ध सहकारी संघले ६० करोडको र केन्द्रीय मौरीपालन सहकारीले मह प्रशोधन केन्द्र सञ्चालन गर्न ६ करोडको लगानी गर्ने बताएका थिए । ती संस्थाको योजना हाल बजेट अभावकै कारणले रोकिएको बताइएको छ । -कारोवार राष्ट्रिय दैनिक जेष्ठ १०
0 comments:
Post a Comment