Thursday, May 12, 2011

आधार भुत सहकारी लेखा व्यवस्थापन तालिम सुरु


धादिङबेसी बैशाख २९ गते / सहकारी डिभिजन कार्यालय धादिङ र जिल्ला विकास समिति धादिङको संयूक्त आयोजनामा एक हप्ते आधारभुत सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ । ८ जना महिला १८ जना पुरुष गरी २६ जना सहभागी उक्त तालिम गत सोमबारबाट संचालन भएको हो । तालिममा लेखा राख्ने तरकिा, सहकारीका आधारभुत ज्ञान र प्रभावकारीताबारे बताइएको बताउनु भयो । सहकारीहरलाई कसरी छनौट गरीन्छ तालिममा सहभागी गराउन भन्ने प्रश्नमा  सहकारीको माग अनुसार तालिममा सहभागि गराइने समेत बताउनु भयोे । तलिममा प्रमुख जिल्ला अधिकारी भरत पौडेल , स्थानिय विकास अधिकारी शंकर नेपाल, डिभिजन सहकारी कार्यालय धादिङका प्रमुख रुद्र पौडेल, लगयतले सहजिकरण गरि रहनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।