पर्वत जेठ ५/ उत्पादित कफीले बजार पाउनुको साथै बिक्री भएको कफीको भुक्तानी तत्कालै हुने भएपछि धौलागिरी अंचलका पर्वत बागलुङ र म्याग्दी जिल्लाका कृषकहरु जैविक कफी उत्पादनतर्फ आकर्षित भएका छन् ।
अर्गानिक कफी सहकारी संस्था कुस्माले धौलागिरीमा उत्पादित कफीलाई बजारको लागि सहयोग गरिदिएको कारण किसानहरु कफी खेतीप्रति आर्कर्षित भएका हुन् ।
यसैगरी –पर्वतमा उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेपछि किसानले राम्रो कमाइ गर्न थालेका छन्। यस वर्ष पर्वतको कफी बेलायत निर्यात भएको छ। चार टन कफी बेलायत निर्यात भएको जिल्ला कफी व्यवसायी संघ पर्वतले जनाएको छ। कफी उत्पादन भएपनि बजारको निकै समस्या थियो, संघका अध्यक्ष भवानीप्रसाद शर्माले भने, यो वर्ष कफी बेलायत पठायौं। बेलायतका व्यापारीले पर्वतको अर्गानिक कफी उत्पादक सहकारी संस्थासँग सात टन बोक्रा छोडाएको कफी लैजान सम्झौता गरेका थिए। सहकारीले किसानलाई पार्चमेन्ट कफी किलोको १ सय ८५ रुपैयाँ दिने गरेको छ। तीन टन कफी पोखरा र स्थानीय बजारमा बिक्री भएको छ। पोखराका होटलले यहाँको कफी प्रयोग गरेका छन्। सहकारीले स्थानीय बजारमा बिक्री गर्न सामान्य प्रशोधन मात्रै गर्छ।
किसानले उत्पादन गरेको कफीलाई प्रशोधन गरेर पार्चमेन्ट तयार गर्न सजिलो होस भनेर संघले जिल्लाका विभिन्न गाविसमा २७ पल्पर केन्द्र स्थापना गरको छ। ती केन्द्रले रातो चेरी कफीलाई प्रशोधन गरेर पार्चमेन्ट तयार गरी बेच्ने गरेका छन्।
उत्पादन भएपनि बिक्री नहुँदा कफी खेती विस्तार भएको थिएन, बेचविखनको समस्या नहुने र मनग्य आम्दानी हुने भएपछि किसानमा कफी खेती गर्ने लहरै चलेको छ। पर्वतको शिवालय, चुवा, मुडिकुवा, कुर्घा, लिमिठाना, कटुवाचौपारी, तिलाहारलगायत दुई दर्जन गाविसका २७ सय किसानले ४६ हेक्टर क्षेत्रफलमा कफी लगाएका छन्। राष्ट्रिय कफी विकास बोर्ड निर्धारण गरेको मूल्यभन्दा निजी कम्पनीले समेत धेरै मूल्य तिरेर कफी खरिद गर्न थालेका छन्। गत वर्ष २५ रुपैयाँ किलोमा फ्रेस चेरी पाकेको रातो कफी बेचेका किसानले यो वर्ष ३० रुपैयाँ मूल्य पाएका छन्।
माग अनुसार कफी अपुग भएपछि कफी बोर्डले निर्धारण गरेको भाउभन्दा २० रुपैयाँ महँगो पार्चमेन्ट कफी कम्पनीले किनेका छन् । बोर्डले १५० रुपैयाँ निर्धारण गरे पनि यो वर्ष पार्चमेन्ट कफी १ सय ८० रुपैयाँसम्ममा किनबेच हुन थालेको छ।

0 comments:
Post a Comment