Tuesday, May 17, 2011

सहकारी क्षेत्रमा बढ्दो महिला नेतृत्व

सीता पोखरेल
जेठ २ काठमाडौं ।  सहकारी क्षेत्रमा महिलाद्वारा मात्रै सञ्चालित सहकारी संस्थाहरूको संख्या २ हजार ५ सय ४४ पुगेको छ । यीमध्ये ९५ प्रतिशत सहकारी सक्रिय रहेको सहकारी विभागले जानकारी दिएको छ । सहकारी क्षेत्रमा साङ्गठनिक रूपमा ४ लाख महिला सदस्य पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीबाट महिलाको आर्थिक स्थिति सबल हुँदै गएको र नेतृत्व क्षमता र चेतनामा समेत विकास भएको बताए । उनले भने, ुमहिलाले सञ्चालन गरेका सहकारीमा सु(शासन, इमान्दाररिता, पारदर्शिताका साथै ऐन र सिद्धान्तको परिपालना भएको छ ।ु २०६७ फागुन मसान्तसम्म महिलाद्वारा मात्र सञ्चालित सहकारी संस्थाहरूको कुल शेयर पूँजी रू। ७६ करोड ३० लाख ९६ हजार पुगेको छ । यी संस्थाहरूको निक्षेप सङ्कलन ४ अर्ब ८० करोड ८५ लाख ९८ हजार रहेको ढकालले बताए । यस अवधिमा यी संस्थाले ६ अर्ब ८८ करोड १८ लाख ६९ हजार कर्जा लगानी गरेको विभागको तथ्याङ्कले देखाउँछ । 
संस्थाको सञ्चालक समितिमा ५० प्रतिशत महिला सहभागिता भएका सहकारी संस्थाहरू सहकारीका सिद्धान्तअनुसार अत्यन्तै सफल देखिएका राष्ट्रिय सहकारी सङ्घकी प्रबन्धक चित्राकुमारी सुब्बाले बताइन् ।
प्रारम्भिक सहकारी संस्थाहरूको नेतृत्व गर्ने महिलाको सङ्ख्या बढिरहेको भए पनि  जिल्ला, केन्द्र र राष्ट्रियस्तरका सङ्घहरूमा  शून्य दशमलव शून्य ९ प्रतिशत महिला मात्रै पुग्न सफल भएको राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक सरिता भट्टराईले बताइन् । तथापि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङघलगायत केन्द्रीयस्तरका सङ्घहरूले आफ्नो कार्य(समितिमा ३३ प्रतिशत महिला नेतृत्व हुनुपर्ने नीति तय गरेकाले यो सङ्ख्या बढ्दै जाने उनको भनाइ छ ।
महिलाहरू कृषि, उपभोक्ता, तरकारी तथा फलफूल, दुग्ध, बचत तथा ऋण, स्वास्थ्य, माछा, मौरी, चिया तथा कफीलगायत सहकारी संस्था खोल्नमा उत्प्रेरित भएको तथ्याङ्कले देखाएको छ । राष्टिय अभियान दैनिकबाट साभार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।