Sunday, May 15, 2011

कृषि सहकारीको उद्घाटन

धादिङबेसी जेष्ठ १ गते / सुकौराबेसी कृषि सहकारी संस्था लिमिटेड कुम्पुर ८ सुकौराबेसीको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । स्थानीय रामेश्वर पोखरेलको अगुवायीमा भएको कार्यक्रममा ९४ वर्षीया वयोवृद्ध कृष्णकुमारी श्रेष्ठले मैन बत्ति बालेर सहकारीको उद्घाटन गनुभएको थियो ।
कृषिलाई मुख्य प्राथमिकता दिने उद्देश्यले स्थापना गरिएको सहकारी संस्थामा ५५ जना शेयर सदस्य रहेका छन् भने, कुल १ लाख ५५ हजार शेयर पुँजी रहेको छ । संस्थाले कुम्पुर, नलाङ र सुनौलाबजार गाउँ विकास समितिलाई आफ्नो कार्यक्षेत्र बनाएर अघि बढ्ने सुकौराबेसीबाट रामेश्वर पोखरेलले जनाकरी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।