Saturday, April 30, 2011

सहकारी संस्थाहरु व्यवसायिक र उत्पादनमुखी हुनुपर्नेमा जोड

बागलुङ बैशाख / डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदीले सबै सहकारी संस्थाहरु व्यवसायिक र उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।
बागलुङको सिगाना तित्याङ र रेश गाविसबाट सदरमुकाम बागलुङ बजारमा आइ स्थायी वा अस्थायी बसोबास गरेका पेशा व्यवसाय गरेकाहरुको सक्रियतामा साचालित नवरत्न बचत तथा ऋण सहकारी संस्थाको शनिवार उदघाटन गर्दै उहाले सो कुरा बताउनु भएको हो ।
उहाँले सहकारीको समग्र विकासका लागि शेयर सदस्य र कर्मचारीहरुबीचमा सहकार्य समन्वय इमान्दारिता र पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मनकामना तरकारी उत्पादक सहकारी संस्था लिमिटेड सिगाना तित्याङका संस्थापक अध्यक्ष टिकाबहादुर खड्का बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष डिलबहादुर कार्की खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेमबहादुर केसी समाजसेवी पोटकुमारी जिसी रामबहादुर खड्का र ताराप्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संस्थामा अहिलेसम्म ७२ जन शेयर सदस्य र ३० लाख शेयर रकम रहेको संस्थाले जनाएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष बलबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । बैशाख १७ www.merojilla.com

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।