Saturday, April 30, 2011

सनाकिसान कृषि सहकारीको साधारण सभा

बैशाख १८धादिङबेसी / श्री कृष्ण साना किसान कृषि सहकारी संस्था लिमिटेड खरीको प्रथम वार्षीक  साधारणसभा हिजो खरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्वती भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार केशव आचार्यको प्रमुख आतिथ्य र साना किसान कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकको विशेष आतिथ्य रहेको थियो । क्रियाशील राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र शिक्षकहरुको उपस्थित रहेको साधारणसभावाट संस्थालाई श्री कृष्ण साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । यसअघि संस्था साना कृसान विकास बैङ्कको आर्थीक र साना किसान कृषि सहकारी संघ धादिङको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको थियो । ५ सय ५२ जना शेयर सदस्य रहेका संस्थाको चालु पुँजी  २५ लाख ४५ हजार रहेको खरीबाट राजेश अधिकारीले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।