Friday, April 22, 2011

तनहुँमा विद्यालय र सहकारी मिलेर सजिवनखेती

९ वैशाख, तनहुँ । तनहुँको आँबुखैरेनी स्थित मित्रता उच्च माध्यमिक विद्यालयले विद्यालयको आम्दानीका लागि सजिवनखेती थालेको छ ।
उक्त विद्यालयको हाताभित्र रहेको २२ सय रोपनी ऐलानी जग्गामा व्यावसायिकरूपमा सजिवनखेती थालेको हो ।
मस्र्याङ्दी बहुउद्देश्यीय सामाजिक विकास सहकारी र विद्यालय मिलेर खेती गरेको सो विद्यालयले जनाएको छ ।
विद्यालय र सहकारी दुवैले आयआर्जन गर्ने उद्देश्यले सुरु गरेको सहकारीका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो । सो खेतीबाट उत्पादिन सजिवन डिजेल उत्पादनका लागि बिक्रीवितरण गरिने सोचका साथ व्यावसायिकरूपमा खेती गरिएको उहाँले बताउनुभयो ।
उक्त खेतीबाट उत्पादित सजिवन बिक्रवितरणका लागि व्यवस्थासमेत मिलाइसकेको सहकारीका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो । वातावरण र स्वदेशी अर्थतन्त्रका लागि सजिवनखेती उपयोगी हुने भएकाले यसबाट धेरै फाइदा लिन सकिने बताइएको छ ।
उक्त क्षेत्रमा व्यावसायिकरूपमा सजिवनखेतीको सुरुवात भएपछि आसपास क्षेत्रका साथै अन्य गाविसका मानिस पनि यस खेतीतर्फ आर्कषित बन्न थालेका छन् । रासस

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।