ध्रुव दङ्गाल, सिन्धुपाल्चोक,
सुपथ मुल्यका पसल राख्न यहाँका सहकारी संस्थाले दुई वर्षअघि लगेका गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। जिल्ला कृषि विकास कार्यालयको लापरबाहीले अनुदान रकममा अनियमितता भएको निष्कर्ष केन्द्रले निकालेको छ।
पाँच दिनदेखि जिल्लाका सरकारी कार्यालयबाट सम्पादित कार्यक्रम र सेवाको छड्के जाँच तथा अनुगमन गरिरहेको केन्द्रको टोलीले रकम हिनामिना भएको भेट्टाएको हो। गाउँ(गाउँमा सहकारी घर-घरमा भकारी नारासाथ सरकारले आर्थिक वर्ष ०६५र६६ मा ुएक गाविस एक सुपथमुल्य पसलु कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो। छनोटका आधारमा सरकाले त्यस्ता सहकारी संस्थालाई १ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको थियो। माओवादी नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमले चालु वर्षमा निरन्तरता पाएन।६९ सहकारी संस्थाले पसलै सञ्चालन नगरी रकम हिनामिना गरेको देखियो, टोली संयोजक डिएसपी धर्मानन्द भट्टले नागरिकन्युसँग भने। जिल्लाका ७९ नै गाविसका सहकारी संस्थाले १ लाख रुपियाँका दरले रकम लगे पनि १२ सहकारीले मात्र पसल सञ्चालनमा ल्याएको पाइएको उनले बताए। अनुगमन गर्ने निकाय कृषि विकास कार्यालयको लापरबाहीले रकम हिनामिना भएको पायौ उनले भने, उसले अनुगमन नगरेको भेटियो।
निर्देशिकाले पसलको अनुगमन गर्न स्थानीय विकास अधिकारीको संयोजकत्वमा एक संयन्त्रको समेत व्यवस्था गरेको थियो। डिभिजन सहकारी कार्यालय रहेका जिल्लामा उसैले र नरहेको जिल्लामा कृषि विकास कार्यालयले कार्यक्रम सञ्चालनको जिम्मा पाएका थिए। ुकतिपय सहकारीले त रकम व्याजमा लगाएको समेत पायौ, भट्टले भने।
त्यतिबेलै सहकारी संस्थाहरुले पसल सञ्चालन नगरेको गुनासा आए पनि अनुगमन र कारबाहीमा चासो देखाइएको थिएन। थुम्पाखर, कर्थली, हैबुङ, लिसंखु, बाँसखर्क, चोकटीलगायत गाविसमा पसल नखोली अनुदान रकम ब्याजमा सहकारीका सदस्यबीच ऋणमा बाँडिएको उजुरीसमेत परेका थिए।
केन्द्रको टोलीले सरकारी रकम हिनामिना भएकाले त्यस्ता सहकारी संस्थामाथि कारबाही गरिने बताएको छ। हिनामिना रकम असुली गरेर सरकारी ढुकुटीमा फर्काउने प्रक्रिया अघि बढाउँछौ डिएसपी भट्टले भने। अधिकांश जिल्लाको हविगत यहाँकै जस्तो रहेको सुन्नमा आएकाले सबैतिर अनुगमन गरिने उनले बताए। चार दिन सदरमुकामस्थित कार्यालयको अनुगमनपछि बिहीबार सीमा नाका तातोपानी पुगेको टोलीले तातोपानी भन्सार, अध्यागमनलगायत कार्यालयको अनुगमन गरेको छ।
भट्ट नेतृत्वको टोलीमा इन्स्पेक्टर रामकृष्ण अधिकारी र असइ किरणकुमार रानाभाट संलग्न छन्। केन्द्रको टोलीले पहिलो पटक जिल्लामा सरकारी तथा सार्वजनिक निकायबाट प्रवाह भइरहेका सेवा र सुशासनको प्रभावकारिता जाँच्न छड्के गरेको हो। केन्द्रबाट खटिएको पाँच टोलीले सिन्धुपाल्चोकसहित रुपन्देही, चितवन, नवलपरासी र दाङमा छड्के जाँच तथा अनुगमन गरिरहेको छ। (वैशाख ८ नागरीक दैनिकबाट साभार )
0 comments:
Post a Comment