Wednesday, April 20, 2011

सुविधासम्पन्न सहकारी प्रशिक्षण केन्द्र निर्माण हुँदै

वैशाख ८ , । सरकारले पाँचओटै विकास क्षेत्रमा सुविधासम्पन्न सहकारी प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । सबै जिल्लामा डिभिजन सहकारी कार्यालय नभएकाले डिभिजन कार्यालयको समेत काम गर्ने गरी प्रशिक्षण केन्द्र निर्माण हुन लागेको सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले बताउनु भएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय नाम दिइएका ती प्रशिक्षण केन्द्रहरू आधुनिक र सुविधासम्पन्न हुने उहाँको भनाइ छ । 
प्रशिक्षण केन्द्र निर्माण गर्न करीब रू. ७ करोड लाग्ने विभागको अनुमान छ । विभागका अनुसार एउटा प्रशिक्षण केन्द्र निर्माणका लागि औसतमा रू. १ करोड ५० लाख लाग्नेछ । प्रशिक्षण केन्द्र निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा रू.२ करोड विनियोजन गरेको छ । आगामी दुई वर्षमा प्रशिक्षण केन्द्रको निर्माण कार्य सम्पन्न हुने विभागले जानकारी दिएको छ । 
प्रशिक्षण केन्द्र पूवाञ्चलको सुनसरी, मध्यमाञ्चलको चितवन, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको नेपालगञ्ज र सुदूरपश्चिमाञ्चलको धनगढीमा निर्माण हुनेछन् । त्यसका लागि विभागले टेण्डरसमेत आ⋲वान गरिसकेको छ । प्राप्त टेण्डरबाट उत्कृष्ट छनौट गरी छिट्टै काम शुरू गर्नेछौं, उनले भने । प्रत्येक प्रशिक्षण केन्द्रमा २५ जना अटाउने छात्रावास पनि निर्माण गरिनेछ । प्रशिक्षण केन्द्रमा राखिने कर्मचारीको दरबन्दीबारे भने अध्ययन भइरहेको रजिष्ट्रार ढकालले बताए । उनले भने,  सङ्गठन तथा व्यवस्थापन ९ओ एण्ड एम० अध्ययन भइरहेको छ, त्यसैका आधारमा कर्मचारीको दरबन्दी तोकिनेछ । नेपालमा सहकारी सङ्घसंस्थाको विकासको तुलनामा सहकारी शिक्षाको प्रचारप्रसार हुन नसकेको अवस्थामा प्रशिक्षण केन्द्रहरूको स्थापनाले सहकारी शिक्षाको प्रचारप्रसारमा महत्त्वपूर्ण सहयोग पुग्ने ढकालको भनाइ छ । 
हाल नेपालको ३८ जिल्लामा मात्र डिभिजन सहकारी कार्यालय रहेका छन् । ती कार्यालयमा ५ सय ९४ कर्मचारीको दरबन्दी छ । त्यसमा पनि करीब २ सय दरबन्दी खाली रहेको विभागले जानकारी दिएको छ । ( यज्ञ बञ्जाडे ले लेख्नु भएको यो समचार आर्थिक अभियान पत्रिकामा बैशाख ५ गते छापिएको हो )










Download and it's Free!

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।