चैत्र २६ गते / शान्ति तथा पुनःनिर्माणमन्त्री वर्षमान पुनले घ्यूकुमारी र अमलाको रसबाट औषधिजन्य पदार्थ बनाउने सहकारी संस्थालाई राज्यले सहयोग गर्ने बताउनुभएको छ।
स्वास्थ्य विकास सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री पुनले घ्यूकुमारी र अमलाको रस बहुपयोगी औषधि भएकाले यसको संरक्षण र विकासका लागि राज्य पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनु भएको थियो ।
सहकारी विभागका रजिष्ट्रार सुदर्शन ढकालले हरेक रोगको औषधिकारूपमा रहेको घ्यूकुमारी र अमलाको सेवनबाट पोषण तत्व, रोग प्रतिरोधात्मक क्षमता, अल्सर, मधुमेह, मांसपेसी तथा जोर्नीको दुःखाई कम गर्न र हृदयघात नियन्त्रण गर्न मद्दत पुग्ने बताउनुभयो। जडिबुटीका विशेषज्ञ नरेन्द्रकुमार भुषालले घ्यूकुमारी पौष्टिक तथा बहुउपयोगी औषधि गुणका कारण दीर्घ जीवनदायक वनस्पतिका रूपमा विश्वभरी नै हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको बताउनु भयो।
चितवनको गुञ्जनगरका किसानहरूले ३ वर्ष अगाडिदेखि यो खेती गर्दै आएको जानकारी दिंदै संस्थाका कार्यकारी सचिव ओम वस्नेतले अहिले पनि चितवनमा घ्यूकुमारी र अमलाको खेती गरी जुस उत्पादन गर्ने काम भइआएको बताउनुभयो। यो जुसले रक्तनलीमार्फत शरीरका घाउ तथा अल्सर भएको स्थानमा पुगेर फोहर, पीप तथा मृत कोषहरूलाई पखाल्ने र मृगौला बिग्रने रोगहरू पनि नियन्त्रण हुने बताइएको छ।
घ्यूकुमारीमा करिब दुई सय प्रकारका पोषण तत्व पाइने, २२ मध्ये २० एमिनो एसिड तथा ८ मध्ये ७ सुगन्धित एमिनो एसिड र भिटामिन ए, सी, ई, वि १, वि २, वि ३, वि ५ र वि १२ जस्ता भिटामिन पनि यसवाट पाइने उद्यमीहरूको भनाइ छ । यो समचार नेपाल होरिजन डट कमबाट लिइएको हो
0 comments:
Post a Comment