Friday, April 8, 2011

धादिङका १४ सहकारीलाई खारेजी गर्ने तयारी जसमा बचत तथा ऋण तर्फ ७, बहुउद्धेश्यिय ५ उत्पादक १ र कृषि सहकारी १ रहेका छन्

धादिङबेसी /  चैत्र २५
धादिङ जिल्लामा कार्यक्षेत्र रहने गरी दर्ता सहकारी मध्य बचत तथा ऋण तर्फ ७, बहुउद्धेश्यिय ५ उत्पादक १ र कृषि सहकारी १ गरी  १४ वटा सहकारीहरु सहकारी ऐन बमोजिम नचलेको भन्दै डिभिजन सहकारी कार्यालय धादिङले खारेजी गर्ने तयारी गरेको छ ।

बिगत ३ बर्ष देखि सहकारी ऐन ०४८ को दफा ३४ बमोजिमका विबरणहरु नबुझाएको भन्दै डिभिजन सहकारीले दर्ता खारेजी गर्ने बताउँदै  सुचना जारी गरेको हो । खारेजीको सुचमिा परेका सहकारीहरु मध्य बचत तथा ऋण तर्फ इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.पिडा, महादेव बचत तथा ऋण सहकारी संस्था लि.पिडा, गरीबी न्यूनिकरण महिला बचत तथा ऋण सहकारी संस्था लि.सुनौलाबजार, प्रगतीशिल बचत तथा ऋण सहकारी संस्था लि.चैनपुर, मालिका चेपाङ बचत तथा ऋण सहकारी संस्था लि.जोगिमार, सातकन्या महिला बचत तथा ऋण सहकारी संस्था लि.कटुन्जे, फ्याफुल्ला बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ, रहेका छन् ।
त्यसैगरी बहुउद्धेश्यिय सहकारीहरमा लालिगुराँस बहुउद्धश्यिय सहकारी संस्था लि. तसर्पु जयकालि चेपाङ विकास बहुउद्धश्यिय सहकारी संस्था लि. धुषा, समानता बहुउद्धश्यिय सहकारी संस्था लि. नीलकण्ठ, जनजागरण कृषि बहुउद्धश्यिय सहकारी संस्था लि. र राम्चे बहुउद्धश्यिय सहकारी संस्था लि.रहेका छन् ।
यसैगरी खारेजीमा परेका उत्पादक सहकारी, त्रिपुरा कृषक सुधार तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था सल्यानकोट, र बृषेश्वर कृषि सहकारी संस्था नौबिसे रहेका छन् । डिभिजन सहकारकिायाृलय धादिङले अबको ३५ दिन भित्र यी सहकारहिरुले आवश्यक प्रमाणहरु साधरण सभागरी सधरण सभाको प्रतिलीपि, हाल सम्मको लेखापरिक्षण प्रतिबेदन र संसथाको आफ्नो कार्यप्रतिबेदन पेस गरे खारेजी नहुने अन्यथा सूचना अनरुप दर्ता खारेजी गरीने बताएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।