बागलुङ वैशाख १ । बागलुङ दुग्ध सहकारी संस्था लिमिटेडले नव वर्ष २०६८ को आगमन संगै आम उपभोक्तालाई वितरण गर्दै आएको दुग्ध पदार्थमा मुल्य बृद्धि गरेको छ । सबै कुरामा मुल्य बढेको भन्दै बिहिबारदेखि लागु हुने गरि दुग्ध प्रति लिटर ५६ रुपैया दही प्रतिलिटर ७६ रुपैया कायम गरेको छ । सहकारी संस्थाले दुग्धमा प्रति लिटर ६ रुपैया दहीमा प्रति लिटर ८ मुल्य बढाएको छ ।संस्थाले कृषकले खरिद गर्ने भैसी गाईको मुल्य बृद्धि भएको साथै अन्य उपभोग्य बस्तुमा समेत मुल्य बृद्धि भएको तर्क प्रस्तुत गर्दै घिऊमा प्रति के।जी। ५० रुपैया बृद्धि गरि ७ सय पनिर प्रति के।जी। ५० बृद्धि गरि ५ सय ५० रुपैया र छुर्पीमा प्रति के।जी। ५० बृद्धि गरि ५ सय रुपैया कायम गरेको संस्थाका अध्यक्ष युक्त प्रसाद कंडेलले बताउनु भयो ।
सहकारी मार्फत दुग्ध पदार्थ विक्रि वितरण गर्दै आएको संस्थाले प्रत्येक वर्ष दुग्ध जन्य पदार्थको मुल्य बृद्धि गर्दै आएको उपभोक्ताहरुको भनाई छ । खुल्ला बजार नीति भएको हुँदा कुनै पनि बस्तुको मूल्य सम्बन्धित निकायले निर्धारण गर्न पाउने प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । बजारमा मुल्य महंगो भएको भनि उपभोक्ताले गुनासो र उजुरी गरेमा प्रशासनले प्रक्रिया अगाडि बढाउन सक्ने घिमिरेको भनाइ छ ।
उपभोक्तासंग कुनै सल्लाह परामर्श नगरि मनपरी ढंगले जुन दुग्ध पदार्थमा मुल्य बृद्धि गर्ने निर्णय गरेको छ यो गलत भएको बागलुङ उपभोक्ता माचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । उपभोक्ता माच बागलुङले मूल्यबृद्धि रोक्न अनुरोध गरेको छ । दूध र दहीमा मूल्य बढाउँदा सर्वसाधारण उपभोक्ता मर्कामा पर्ने भएकाले मूल्य यथावत राख्न आग्रह गरिएको छ ।
साविकको दूध र दहीमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउने सूचना प्रकाशित भएको भन्दै सम्बन्धित दूग्ध व्यवसायीहरु नागरिक समाज पत्रकार राजनैतिक दलका प्रतिनिधि बोलाई दूध र दूग्धजन्य वस्तुको भाउ पूर्ववत यथावत कायम गराउन माचका अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ । प्रत्येक वर्ष संस्थाले आम उपभोक्ताले उपयोग गर्ने दुग्ध जन्य पदार्थमा मुल्य बृद्धि गर्दै आए पनि प्रशासनले यसबारे केही नगरेको श्रेष्ठकॊ भनाइ छ । बाट:धौलाश्री समाचार डेस्क

0 comments:
Post a Comment