धादिङबेसी फागुन १८गते
डिभिजन सहकारी कार्यालय धादिङ र मुलपानी कृषि बहुउद्धश्यीय सहकारी संस्थाको संयूक्त आयोजनामा सहभागितात्मक लोखापाल तालिम आइतवार सम्पन्न भएको छ । मुल पानी गाविस माथिल्लो पोखरामा फाल्लगुन १० गते देखि चलेको उक्त तालिम ६ दिनसम्म चलेको थियो ।
तालिममा मुलपानी कृषि बहुउद्धश्यीय सहकारी संस्था बाट १४ जना, गंगाजमुना बहुउद्धश्यीय कृषि सहकारी संस्था ४ जना, हिले पोखरी कृषि बहुउद्धश्यीय सहकारी संस्था ६ जना, फुलखर्क कृषि बहुउद्धश्यीय सहकारी संस्था ४ जना , सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था १जना र महालक्ष्मी वचत तथा ऋण सहकारी संस्थबाट १ जना गरी जम्मा३० जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई डिभिजन सहकारी कार्यालय धादिङका प्रमुख रुद्र पौडेल र सहायक निरिक्ष महेश्वर ढकालले सहजकिरण गर्नु भएको थियो ।
0 comments:
Post a Comment