Tuesday, March 1, 2011

सहकारी लेखा व्यवस्थापन तालिम हुने

धादिङबेसी फागुन १८ गते
सहकारीमा हिसावलाई व्यवस्थित पार्न एक हप्ते सहकारी लेखा व्यवस्थपन तालिम हुने भएको छ । डिभिजन सहकारी कार्यालय धादिङको स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाको महादेवबेसीमा फागुन १९ गते देखि ७ दिन सम्म लेखा व्यवस्थपन तालिम  हुन लागेको सहकारी डिभिजन कार्यालय धादिङले जनाएको छ । तालिममा थाँक्रे, भुमेस्थान, नौविसे, गोगनपानी, र तसर्फु गाविसमा रहेका सहकारीका २५ जना सहकारी कर्मीलाई सहभागी गराइने पनि डिभिजन सहकारी कार्यालय धादिङले बताएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।