पनौती, फाल्गुन २२ – पनौती सामूदायिक वनको उपोगविहीन जङ्गलमा एक सहकारी संस्थाले फलफूल र जडिबुटी खेती सुरु गरेको छ। थल्पु सामुदायिक वन ‘ख’ सँग जग्गा लिएर आयआर्जनका मोलिक श्रेष्ठका लागि पहलकदमी ९आयन० नामक संस्थासँग मिलेर आयन गैरकाष्ठ वनपैदाबार सहकारी संस्थाले गैरकाष्ठ खेती थालेको हो।
पहिलो चरणमा ५० हेक्टर जमिनमा परीक्षणका रूपमा सुन्तला, जुनार, कटुस, हलुवावेद, नास्पाती, अनार, ओखर, लप्सीलगायत फलका एक हजार बिरुवा लगाइएको संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए।
ती फलफूलका छुट्टाछुट्टै नमुना प्लट बनाइएका छन। उनीहरूले सरकारले उच्च प्राथमिकतामा राखेका जडिबुटीहरू चिराइतो, कुरिलो, बोझो, टिमुर, घिउकुमारीको समेत खेती थालनी गरेका छन। welovenepal.com
0 comments:
Post a Comment