Wednesday, January 5, 2011

सहकारीलाई प्राथमिकतामा राख्न राजनीतिक दललाई आग्रह

कारोवार दैनिक पुस   २०
राष्ट्रिय सहकारी संघले सहकारी क्षेत्रलाई प्राथमिकतामा राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । देशको आर्थिक विकासका लागि सहकारी अत्यावश्यक रहेको र यसप्रति राजनीतिक दलको पनि ध्यानाकर्षण गराउन दलका नेतालाई संघको सल्लाहकारमा छनोट गरिएको बताइएको छ ।
सहकारीलाई राजनीतिक दलको प्राथमिकतामा राख्न संघले तीन ठूला राजनीतिक दलका पूर्वअर्थमन्त्रीहरूलाई सल्लाहकारमा नियुक्त गरेको हो ।
सल्लाहकारमा एकीकृत नेकपा माओवादीबाट डा। बाबुराम भट्टराई, नेपाली कांग्रेसबाट महेश आचार्य र नेकपा एमालेबाट डा। भरतमोहन अधिकारी छन् । यस्तै, कृषि र सहकारीको क्षेत्रमा काम गर्दै आएको संस्था सिप्रेड नेपालका कार्यकारी अध्यक्ष डा। हरिकृष्ण उपाध्याय र स्वास्थ्य सहकारीमा काम गर्दै आएको मोडल अस्पतालका प्रमुख डा। भरत प्रधानलाई पनि संघको सल्लाहकारमा नियुक्त गरिएको संघले जनाएको छ । 
सबै सल्लाहकारलाई संघले सोमबार स्वागत गरेको थियो । कार्यक्रममा संघका उद्देश्य, यसले सञ्चालन भइरहेका कार्यक्रम र सहकारी क्षेत्रका समस्या अवगत गराइएको संघका महाप्रवन्धक रामभजन शाहले जानकारी दिए । नवनियुक्त सल्लाहकारहरूले सहकारीको क्षेत्रको विकासका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको शाहले बताए । “सहकारी क्षेत्रको विकासका लागि विभिन्न पक्षसँग सहकार्य गर्नु आवश्यक छ,” शाहले भने, “संघले सोही नीतिअनुरूप योजना बनाइरहेको छ ।”
यसअघि पनि संघको संयोजकत्वमा सहकारी क्षेत्रमा कार्यरत संघसंस्थाबीच कार्यगत एकता गर्ने उद्देश्यले ँसहकारी समन्वय सञ्जाल’ बनेको छ । सहकारी विभाग, सहकारी विकास बोर्ड, विषयगत सहकारीका केन्द्रीय संघ, सहकारी क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायत तीन दर्जनभन्दा बढी संस्थाहरू आबद्व रहेको सञ्जालले सहकारीको अल्पकालीन र दीर्घकालीन रणनीति निर्माणका लागि काम गरिरहेको छ । सञ्जालले आगामी माघमा क्षेत्रीय र केन्द्रीय स्तरका गोष्ठी गरी सहकारीको  २० वर्षे दीर्घकालीन रणनीतिक र पाँच वर्षे अल्पकालीन कार्यनीति बनाउने तयारी गरेको छ ।
सहकारी संस्थाहरूको छाता निकाय राष्ट्रिय सहकारी संघमा हाल बचत तथा ऋण, कृषि, दुग्ध, फलफूल तथा तरकारी, चिया-कफी, उपभोक्ता, स्वास्थ्यका साथै राष्ट्रिय सहकारी बैंक गरी नौवटा केन्द्रीय संघ सदस्य छन् । संघले सरकारी निकायका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग मिलेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

3 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।