प्रियास्मृती ढकाल वाँके ११ माघ
सहकारीबाट आर्थिक विकास, रोजगारीको वृद्धि, आत्मनिर्भरता तथा आन्तरिक क्षमताको विकास हुने भएपछि बाँके जिल्लामा सहकारीतर्फ महिलाहरुको आकर्षण बढेको छ ।
जिल्लामा रहेका २७२ सहकारी सस्थामध्ये २७ वटा महिलाहरुले मात्र सञ्चालन गरेका छन् । कल्पवृक्ष महिला बचत तथा ऋण सहकारी सस्थाका खेम कुमारी न्यौपानेका अनुसार सहकारीबाट रोजागारीका लागि ऋण, विभिन्न तालिम तथा सीप विकासको अवसर भएकाले महिलाहरुको सहकारीमा आकर्षण बढेको हो ।
आफुहरुको सहकारीमा १ सय जना महिलाहरु आवद्ध रहेको न्यौपानेले बताउनुभयो ।
२०५८ सालमा आफुहरुले नारी एकता सहकारी स्थापना गर्दा कसैले नपत्याउने तर अहिले आएर गाउको रकम लेनदेन, ऋण तथा महिलाहरुका लागि सीपमुलक तालिक र समस्याको परामर्श गर्ने सहकारी भएको उहाँले बताउनुभयो । जिल्लामा रहेका २७२ सहकारी सस्थामध्ये २७ वटा महिलाहरुले मात्र सञ्चालन गरेका छन् । कल्पवृक्ष महिला बचत तथा ऋण सहकारी सस्थाका खेम कुमारी न्यौपानेका अनुसार सहकारीबाट रोजागारीका लागि ऋण, विभिन्न तालिम तथा सीप विकासको अवसर भएकाले महिलाहरुको सहकारीमा आकर्षण बढेको हो ।
आफुहरुको सहकारीमा १ सय जना महिलाहरु आवद्ध रहेको न्यौपानेले बताउनुभयो ।
जिल्लाको खजुराखुर्दमा रहेको नारी एकता सहकारीमा अहिले १७० जना महिलाहरुको सेयर सदस्यता रहेको छ ।
सहकारीको सहयोगबाट स्थानीय महिलाहरुले घुम्ती पसल, कुखुरा पालन, गाई भैसीपालन, तथा अन्य कृषि व्यवसाय गरेको अध्यक्ष भुमिसरा धितालले बताउनुभयो ।
यसरी सहकारीबाट महिलाहरुले मासिक बैठक बस्ने, बचत जम्मा गर्ने, विभिन्न सीपमुलक तथा व्यवसायीक तालिम, विभिन्न कार्यक्रम, गाउँमा जागरण तथा चेतनामुलक कार्यक्रम समेत गर्ने गरेको ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी सस्था बाकेकी सचिव कुसुम भट्टराईले बताउनुभयो ।
भट्टराई पनि विभिन्न संघसस्थामा आवद्ध संगै जिल्लाकै पहिलो प्रेस छापाखाना सञ्चालन गर्ने महिलामा रहुनभएको छ ।
करिव ७५० जना महिलाहरुको आवद्धता रहेको ज्योतिकुञ्जले पनि नेपालगञ्जमा महिला सम्बन्धी विभिन्न रचनामुलक कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
सहकारीबाट फाईदा फाईदै हुने भएपछि विस्तारीत जिल्लामा सहकारी सञ्चालन र आर्थिक विकासमा महिला सहभागीता बढ्दो छ ।





0 comments:
Post a Comment