कारोबार दैनिक काठमाडौं, १६ फागुन
जिल्ला कृषि सहकारी संघ काठमाडौंले सदस्यता नदिएको भन्दै विभिन्न चारवटा कृषि सहकारी संस्थाले सहकारी विभागमा उजुरी दिएका छन् । सदस्यताका लागि संघले एक लाख रुपैयाँको सेयर किन्नु पर्नेलगायतका प्रावधान राखेर आफूहरूलाई संघको सदस्यता नदिएको उनीहरूले आरोप लगाएका छन् ।
एग्रो अग्र्यानिक कृषि सहकारी, समग्र कृषि सहकारी, पूर्वक्षितिज कृषि सहकारी र वैकल्पिक उत्पादन कृषि सहकारीले कृषि संघले सदस्यता नदिएको भन्दै विभागमा उजुरी दिएका हुन् ।
“विभिन्न अनावश्यक प्रावधान राखेर सदस्यता नदिएपछि उजुरी दिएका हौं,” एग्रो अग्र्यानिकका कोषाध्यक्ष तुलसीप्रसाद सापकोटाले भने, “यो सहकारीको खुल्ला सदस्यताको सिद्धान्तको विपरीत हो ।”
संघका अध्यक्ष परितोष पौड्यालले संस्थाको पुँजी बढाउनका लागि साधारणसभामार्फत सेयर पुँजी बढाइएको बताए । “संस्थाको कार्यक्रम सञ्चालनका लागि सहकारी मूल्य मान्यताअनुरूप नै सेयरको सीमा बढाइएको हो,” पौड्यालले भने, “केही साथीहरू संघ कब्जा गर्ने पक्षमा लागेका छन् ।” संघ सहकारी मूल्य र मान्यताअनुरूप नै चलेको र संघको विनियमअनुसार आउने सहकारीलाई स्वागत गर्ने पौड्यालले बताए । संघले संकलित सेयरपूँजीबाट सामुहिक खेती गर्न लागेको उनले जानकारी दिए ।
यता विभागले भने कृषि संघलाई कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले यसबारे संघसँग स्पष्टीकरण सोधेको र संघबाट जवाफ नआए कारबाही गर्ने जनाएको छ । काठमाडौंमा हालसम्म करिब ३० कृषि सहकारी संस्था भए पनि संघमा ८ वटा संस्था सदस्य छन् ।
यस्तै सदस्यता नदिएको भन्दै चितवन, बारा र सिराहाका विभिन्न सहकारी उजुरी परेको संघले जनाएको छ । ती जिल्ला संघहरूमा देखिएको विवादबारे अध्ययन गरी कारबाही गर्न जिल्लाका डिभिजन सहकारी कार्यालयलाई निर्देशन दिइएको विभागले जनाएको छ ।
सहकारीको छाता संगठन राष्ट्रिय सहकारी संघले पनि विवाद मिलाउन पहल गरिरहेको जनाएको छ । “प्रक्रिया पु¥याएर आएका सबै सहकारी संस्थालाई सदस्यता दिनुपर्छ,” राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले भने, “सदस्यता दिन राष्ट्रिय संघले जिल्ला संघहरूलाई भनेका छौं ।”
विभागमा हालसम्म राष्ट्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकका साथै विषयगत सहकारीका बचत तथा ऋण, दुग्ध, उपभोक्ता, फलफूल तथा तरकारी, मौरीपालन, कृषि, उखु, कफी र जुनारसहित नौवटा संघ दर्ता भएका छन् । त्यस्तै जिल्ला संघको सख्या ६६, विषयगत जिल्ला संघको संख्या १ सय २७ रहेको छ ।

0 comments:
Post a Comment