Thursday, February 24, 2011

सामुहिक बचत सहरकारीको मुनाफा बैंकको भन्दा बढी

भैरहवा,फागुन १२ र रूपन्देहीको एक सहकारी संस्थाले जिल्लामा रहेका विकास बैंक भन्दा बढी नाफा गर्न सफल भएको छ ।
जिल्लाको शंकरनगर गाबिस वडा नम्बर ९ मा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुटवलमा केन्द्रीय कार्यालय रहेका आधा दर्जन र भैरहवाका दुई विकास बैंक भन्दा बढी शुद्ध मुनाफा गर्न सफल भएको हो । सहकारीले आर्थिक बर्ष ०६६।६७मा कुल १ करोड ३४ लाख ४० हजार शुद्ध मुनाफा गरेको सस्थाका अध्यक्ष चूणामणि खरेलले बताउनु भयो ।
सहकारीको यो मुनाफा केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्लामा रही रूपन्देहीका बिभिन्न स्थानमा शाखाका रूपमा रहेका केही बाणिज्य बैंक, बिकाश बैंक र फाईनान्स कम्पनिको भन्दा बढी रहेको छ ।
संस्थाको गत पौष मसान्त सम्म शेयर पूँजि रकम  २ करोड ७६ लाख ४८ हजार रहेको छ भने सोही अबधी सम्म बचत रकम २३ करोड ९० लाख २६ हजार र ऋण लगानी २९ करोड ३० लाख ९७ हजार रहेको बरीष्ठ ब्यबस्थापक ईश्वरी मरासिनीले जनाउनु भयो । संस्थाले आन्तरिक श्रोत तर्फनियमित बचत, स्वेच्छीक बचतका साथै ब्याज तथा आम्दानी र बाह्य श्रोत तर्फ बिभिन्न बित्तिय स‌ंस्थाबाट प्राप्त कर्जालाई  उचित ब्यबस्थापन गर्दै स्थापना काल देखिनै अनुभबि तथा  कुशल वित्तिय व्यवस्थापन,सहकारीको मुल्य मान्यताको आधार र सहकारी  व्यवस्थापनको अनुसासन लगायतका बिषयमा जोड दिंदै अघि बढेकाले सहकारी जिल्लामै नमुनाका रूपमा  र लोकप्रिय हुँदै गएको सल्लाहकार कृष्ण नेपालले बताउनु भयो । जिल्ला डिभिजन सहकारी कार्यालय रूपन्देहीमा  ५० सालमा दर्ता भई ५१ सालदेखि बचत तथा ऋणको परीचालन गर्ने योसस्था जिल्लाको पहीलो सहकारी हो ।
तत्कालिन समयमा २ सय सदस्यले प्रति सदस्य १ सय रूपैया   गरी २० हजार शेयर पुँजिबाट सुरू भएको र स्थापनाको पहीलो बर्ष पाँच हजार शुद्ध मुनाफा गरेको सहकारीले गत आर्थिक बर्षमा बैंकहरूकै हाराहारीमा मुनाफा गर्न सफल भएको हो ।
सहकारीमा हाल महिला १ हजार १ सय ७६ र पुरूष १ हजार ८६ गरी २ हजार २ सय ६२ शेयर सदस्य रहेका छन् ।
सहकारीले भैपरी, सामाजिक, ब्याबसायिक, जग्गा खरीद, आवास निर्माण कर्जा,औषधी उपचार, ओ।डि। दुई पांग्रे हल्का सवारी साधन, शिक्षा, लघु उद्यम लगायतमा  कर्जा प्रबाह गर्दै आएको बुटवल सिटीले लेखेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।